ब्लड क्यान्सर पीडित उमेश महतोका लागि मानवीय सहयोग, हेल्प मधेशी नेपाल मलेसियाद्वारा नगद हस्तान्तरण

रौतहट,२४ पुस — मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको राजदेवी नगरपालिका–५ हजमिनिया दरबार निवासी श्री फेकन महतोका २४ वर्षीय सुपुत्र उमेश महतो विगत करिब डेढ वर्षदेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर रोगबाट पीडित भई उपचाररत छन्। लामो समयदेखि निरन्तर उपचारका कारण हाल उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको छ।
उपचारका क्रममा परिवारले आफ्नै स्वामित्वमा रहेको घडेरी धितो राखी ऋण लिएर हालसम्म करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। तर थप उपचारका लागि अझै करिब ४ लाख रुपैयाँ बराबरको आर्थिक अभाव रहेको पीडित परिवारले जनाएको छ।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै वीरगञ्जका सामाजिक अभियंता प्रकाश थारूको पहलमा तथा हेल्प मधेशी नेपाल मलेसिया (सेरेम्बान दलान) का सहयोगी साथीहरूको सहकार्यमा आज उमेश महतोको घरमै पुगेर २४ हजार ५ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ।
कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा गम्भीर समस्या भइरहेको भन्दै पीडित परिवारले सबै सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला निकायहरूसँग मानवीय सहयोगका लागि हार्दिक अपील गरेका छन्। पीडितकी आमाले संघ, प्रदेश तथा स्थानीय सरकारका निकाय हुँदाहुँदै पनि हालसम्म कुनै पनि सरकारी निकायबाट सहयोग नपाएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अभियंता प्रकाश थारू, कन्हैया पटेल, पत्रकार सञ्जय कुमार सहनी, समाजसेवी नवीन कुमार सिंह लगायतको उपस्थिति रहेको थियो। उपस्थित सबैले मानवीय सहयोग र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot