चिरञ्जीवी क्षेत्रीको नवौं पुण्यतिथीमा विनयी त्रिवेणी–७ मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / त्रिवेणी,२४ पुस

नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य निल बहादुर क्षेत्रीका सुपुत्र चिरञ्जीवी क्षेत्रीको निधन भएको नवौं पुण्यतिथीको अवसरमा विनयी त्रिवेणी गाउँपालिका–७ विष्णुनगरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा नं. ७ वडा कार्यसमितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रम वडा सभापति निरन्जन थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य गणेशमान श्रेष्ठले स्वर्गीय चिरञ्जीवी क्षेत्री एक साहसी, निर्भीक तथा क्रियाशील युवा भएको स्मरण गर्दै युवावस्थामै पार्टीका लागि महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्नुभयो। उहाँले स्वर्गीय क्षेत्रीका आमाबुबा तथा सम्पूर्ण परिवारले पार्टीप्रति पुर्‍याएको योगदानलाई नेपाली काङ्ग्रेसले उच्च मूल्यांकन गर्दै सधैं सम्मान गर्ने बताउनुभयो।
श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका अर्का महासमिति सदस्य चेतन पौडेल, पालिका सभापति अजित कुमार थापा, उपसभापति प्रकाश कुँवर, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका क्षेत्रीय अध्यक्ष राजकुमार राई, पूर्व वडा अध्यक्ष गोपाल बहादुर क्षेत्री, विनयी त्रिवेणी वडा नं. ६ र ७ का वडा सभापतिहरू, पार्टीका नेता–कार्यकर्ता, भातृ संगठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधि एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सोही अवसरमा विष्णुनगर आमा समूहको तर्फबाट दिवङ्गत चिरञ्जीवी क्षेत्रीको परिवारलाई ८ हजार १ सय रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम सञ्चालक गिरीधर स्वर्णकारले जानकारी दिनुभयो। आमा समूहकी अध्यक्ष आइतुमाया गुरुङको नेतृत्वमा उपस्थित सदस्यहरूले समूहबाट संकलित रकम हस्तान्तरण गर्नुभएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा दिवङ्गत क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot