आरपी उपध्याय / नवलपरासी २३ पौष पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा एक दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। विनयी त्रिवेणी वडा न.६ र ७ को संयुक्त आयोजना तथा देवदह मेडिकल कलेज एन्ड रिसर्च ईन्स्टिच्युट भलुही रुपन्देहीको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुद्वारा उपस्थित १५० बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ। विनयी त्रिवेणी वडा न.६ र ७ का विपन्न वर्गका नागरिकहरुलाई भरपर्दो र विश्वसनीय ढंगको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको देवदह मेडिकल कलेजका जन सम्पर्क अधिकारी मुक्ति काफ्लेले जानकारी दिनुभयो। स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसुती,नाक,कान,घाँटी,छाला, यौन तथा सौन्दर्य लगायत रोगका विशेषज्ञहरुले स्वास्थ्य परिक्षण गर्नुभएको थियो। ज्येष्ठ नागरिक ७६ वर्षीय उमादेवी सुवेदीलाई पहिलोपटक स्वास्थ्य परिक्षण गरेर शिविरको उद्घाटन गरिएको बताइएको छ। विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा आयोजित स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले पालिका मुख्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्न निकै कठिनाइ भएको अवस्थामा देवदह मेडिकल कलेजका अनुभवी र विज्ञ चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गरिएको कार्य सराहनीय रहेको बताउनु भयो। दुम्किबास र कावासोती टाढा भएपनि नागरिकको स्वास्थ्य सेवालाई विज्ञ डाक्टरद्वारा पुर्याइएको सेवाप्रती आफुहरु सदैव कृतज्ञ रहने पनि उहाँले धारणा राख्नुभएको थियो। देवदह मेडिकल कलेजले यसपुर्व पनि पश्चिम नवलपरासीको सुस्ता,प्रतापपुर, चौपत्ता लगायत पालिका र स्थानहरुमा पालिकाको आग्रह बमोजिम नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको जानकारीमा आएको छ। विनयी त्रिवेणी ७ मा भएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजमा प्रोफेसर डा. प्रकृति राज कंडेल,भानुभक्त न्यौपाने डाक्टरहरुमा बिक्रम ज्ञवाली,सरोज काफ्ले,मनोज गैरे,डा.कृतिका लेखक लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो भने शिविरमा नि:शुल्क औषधि पनि वितरण गरिएको बताइएको छ। स्वास्थ्य शिविरमा त्रिवेणी स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको पनि उपस्थिति रहेको जानकारीमा आएको छ। स्वास्थ्य शिविर चलिरहेको बेलामा हाम्रा वरिष्ठ संवाददाता आर.पि.उपाध्यायले देवदह मेडिकल कलेजका असिस्टेन्ट प्रोफेसर एवं वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. ज्ञवाली संगको संक्षिप्त कुराकानीमा उहाँले छालाको समस्या भनेको अज्ञानता र अशिक्षाबाट हुने भएकोले यो रोग बढ्दो अवस्थामा फैलिएको प्रतिक्रिया दिदै खानपिन,आहार,बिहारलाई ख्याल गर्ने र चिकित्सकको सल्लाह र निगरानीमा औषधि खानुपर्ने बताउनुभयो। डा. ज्ञवालीले रोगीले आफ्नो रोगलाई समयमै बताउन र देखाउन सके रोगलाई निर्मुल गर्न सकिने धारणा राख्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।