आरपि उपाध्याय /त्रिवेणी,२२ पुस “वन, वन्यजन्तु तथा वातावरण संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल मंगलबार सम्पन्न भएको छ। त्रिवेणी युवा समाजको आयोजनामा सञ्चालन भएको सो खेल त्रिवेणी युवा समाज फुटबल टिम र चोरमारा फुटबल क्लबबीच भएको थियो। नारायणी–गण्डकी स्थित साधारण तथा संस्कृत माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा त्रिवेणी युवा समाजले चोरमारा क्लबलाई ५–० को गोल अन्तरमा पराजित गरेको आयोजक क्लबका अध्यक्ष अमर भट्टराई क्षेत्रीले जानकारी दिनुभयो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अभिशेख पुनलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो। उनलाई विनयी त्रिवेणी–७ का वडा अध्यक्ष उमेश कार्कीले कप प्रदान गर्दै सम्मान गर्नुभएको थियो। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पुस २४ गते भारत–बिहार पश्चिमी चम्पारणको हर्नाटार्ड स्पोर्ट्स क्लब र भुमही रिकन्डिसन क्लबबीच हुने आयोजकले जानकारी दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।