Rashtriya Dainik

समाचार प्रकाशनपछि पत्रकारमाथि धम्की, प्रेस युनियनले कारबाहीको माग

कपिलवस्तु,२२ पुस

जिल्लाको बाणगंगामा समाचार प्रकाशन गरेको आधारमा एक जना पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गाली–गलौज र भौतिक आक्रमणको धम्की दिइएको घटना सार्वजनिक भएको छ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उपाध्यक्ष गणेश पोखेललाई लक्षित गर्दै उक्त धम्की दिइएको हो। घटनालाई संवेदनशील रूपमा लिंदै प्रेस युनियनले सम्बन्धित निकायसँग आवश्यक कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा प्रेस युनियनले उल्लेख गरेको छ कि कुनै पनि समाचार वा सामग्रीमा आपत्ति भए त्यसको समाधान कानुनी उपाय वा नियमनकारी निकायमार्फत गर्नुपर्छ। पत्रकारमाथि धम्की दिने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताको विरुद्ध रहेको पनि भनिएको छ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले पत्रकारमाथि गरिने कुनै पनि दुर्व्यवहारमा मौन नबस्ने, घटनाको छानबिन गरी दोषीलाई कानुनी प्रक्रियामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित