शुद्वोदन गाउँपालिका वडा नम्बर -१ बालविवाह मुक्त वडा घोषणा

तुलसीराम पौडेल /फर्साटिकर, पौष २२

हामी सबैको एक्यवद्धता ,बालविवाह विरुद्धको साझा प्रतिबद्धता ” भन्ने मुल नाराका साथ रुपन्देहीको शुद्वोदन गाउँपालिका वडा नम्बर १ बालविवाह मुक्त वडा घोषणा गरिएको छ।शुद्वोदन गाउँपालिका वडा नम्बर १ को आयोजना तथा सुनगाभा सामुदायिक विकास केन्द्र र बेलवा साथी संजालको समन्वयमा वडा नम्बर १ कार्यालय परिसरमा सोमबार एक कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले कार्यक्रमको उद्वाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले बालविवाहको कारणले मातृ शिशु मृत्युु दर वृद्धि हुँदै गएकोले सरकारले बालविवाहमा रोक लगाएको बताउनु भयो ।साथै उहाँले बालविवाह मुक्त घोषणा गरिएको भएपनी यसलाई निरन्तरता कायम राख्न सम्पूर्ण पक्ष जागरुक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम शुद्वोदन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष उदयराज गडेरियाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं ,शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल ,शुद्वोदन गाउँपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवाली ,शुद्वोदन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत , शुद्वोदन गाउँपालिका प्रवक्ता एवं वार्ड नम्बर -४ का अध्यक्ष केशव अधिकारी ,शुद्वोदन गाउँपालिका वडा नम्बर -२ का अध्यक्ष कमल खड्का ,सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर केसी ,सैनामैना नगरपालिका प्रमुख फणेन्द्र शर्मा ,शुद्वोदन गाउँपालिका निवर्तमान अध्यक्ष किसुन चन्द चौधरी ,ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रल्हाद केसी र शिशै माविका प्रधानाध्यापक गुणानिधी घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।


कार्यक्रममा बालविवाह विरुद्ध सन्देश मुलक नाटक र विभिन्न सस्कृतिका नृत्य गरिएको थियोे ।
कार्यक्रममा शिशै आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख गोमा देवि ढुंगानाको स्वागत मन्तव्य ,सुनगाभा सामुदायिक विकास केन्द्रका सामाजिक परिचालन अधिकृत प्रदीप केवटको प्रतिवेदन लेखन रहेको कार्यक्रमको संचालन बेलवा साथी संजालकि अध्यक्ष सुनिता हरिजनले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot