सुरेश यादव / नवलपरासी ,२३ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ गोबरहियामा महिलालाई लक्षित गरी सञ्चालन गरिएको १५ दिने सीपमूलक ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। नमस्ते ट्रेनिङ सेन्टर रामग्रामको आयोजनामा सम्पन्न तालिमको समापन कार्यक्रम नमस्ते ट्रेनिङ सेन्टरका प्रबन्धक सुरेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष चौधरीले यस्ता सीपमूलक तालिमले महिलाको आत्मनिर्भरता अभिवृद्धि गर्दै रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा थप एड्भान्स तालिम कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे, सञ्चारकर्मी सुरेश यादवलगायतले मन्तव्य राख्नुभएको थियो। तालिममा सरावल गाउँपालिकाभित्रका वडा नं. १ देखि ७ सम्मका करिब ३० जना महिलाको सहभागिता रहेको थियो। तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलालाई प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रम संयोजक रुपेश राजभरको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सञ्चालन महेश यादवले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।