छायाँ कठपुतली नाटक ‘खरायो र कछुवा’ राजधानीमा मञ्चन हुँदै

काठमाडौं । लोककथालाई आधुनिक रंगमञ्चीय भाषामा प्रस्तुत गर्ने उद्देश्यसहित छायाँ कठपुतली नाटक ‘खरायो र कछुवा’ राजधानीमा मञ्चन हुने भएको छ।
एक थिएटर नेपालको प्रस्तुतिमा तयार भएको यस नाटकले परम्परागत कथालाई छायाँ प्रविधि, प्रकाश, संगीत र गतिका माध्यमबाट नयाँ र सृजनात्मक स्वरूप दिएको छ। धैर्य, निरन्तरता र अहंकारबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको नाटकले दर्शकमाझ “कसले जित्छ ?” भन्ने जिज्ञासासहित कथाको साक्षी बन्न आमन्त्रण गर्छ।
दृश्यात्मक प्रभाव र कलात्मक कठपुतली प्रयोगमार्फत नाटकले बालबालिकादेखि अभिभावकसम्म सबै उमेर समूहलाई लक्षित गरेको छ। नाटकको निर्देशन अनिल सुब्बाले गर्नुभएको हो।
नाटकमा सौजन सेनेहाङ, सन्जित थुलुङ, अजय लामा, शिशिर गिरि, नुमा राई, आकाश सुहाङ लिम्बू र रमिता राईको अभिनय रहनेछ भने प्रत्यक्ष संगीत प्रवृत्ति राईले प्रस्तुत गर्नुहुनेछ।
नाटक पुस २५ गतेदेखि माघ ५ गतेसम्म एक थिएटर स्टुडियो, मध्य–बानेश्वरमा नियमित मञ्चन हुनेछ। हरेक दिन साँझ ५:१५ बजे तथा शनिबार दिउँसो १ बजे समेत मञ्चन हुने जानकारी आयोजकले दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot