बंगलादेशमा हिन्दु समुदायमाथि लक्षित हिंसा, १८ दिनमा चार हत्या र बलात्कारको घटना

बंगलादेश, २१ पुष

बंगलादेशमा हिन्दु समुदायमाथि हिंसा रोकिएको छैन। झेनाइदह जिल्लाको कालीगञ्ज इलाकामा ४४ वर्षीया एक हिन्दु विधवा महिलामाथि सामूहिक बलात्कार भएको छ। घटनापछि आरोपितहरूले महिलालाई रूखमा बाँधेर कुटपिट गरेका र उनका कपाल काटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार यी सबै घटना भिडियोमा पनि कैद गरिएको छ।

पीडित महिलाले सोमबार कालीगञ्ज प्रहरी चौकीमा चार जनाविरुद्ध उजुरी दर्ता गराएकी छन्। प्रहरीले एक जना ४५ वर्षीय हसनलाई हिरासतमा लिएको छ। प्रहरीले जनाएको छ, महिलाले दुई वर्षअघि आरोपी शाहीनका भाइबाट घर र जग्गा किनेकी थिइन्। त्यसयता शाहीनले उनलाई लगातार आर्थिक माग गर्दै सताइरहेको बताइएको छ।

स्थानीय स्रोतका अनुसार, शनिवार साँझ महिला भेट्न आएका उनका दुई पुरुष नातेदारहरूलाई एक कोठामा बन्द गरिएको र महिलालाई अर्को कोठामा लगेर सामूहिक बलात्कार गरिएको आरोप छ। पछि महिला र उनका नातेदारहरूलाई घरबाट बाहिर घिसारेर रूखमा बाँधिएको र झूटा आरोप लगाइएको छ। गम्भीर अवस्थामा महिला स्थानीय अस्पतालमा भर्ना भएकी छन्। उनी १० वर्षे छोरा सँग बस्दै आएकी छन्।

यसैबीच बंगलादेशमा १८ दिनमा चार हिन्दुको हत्या भइसकेको छ। पछिल्लो हत्या जेसोर जिल्लाको मोनिरामपुर इलाकाको कोपालिया बजारमा भएको हो। ३८ वर्षे हिन्दु व्यापारी राणा प्रताप बैरागीलाई मोटरसाइकलमा आएका आक्रमणकारीहरूले गोली हानी हत्या गरेका हुन्। घटनास्थलबाट सात खाली गोलीका खोका बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि डिसेम्बर १८ मा दीपु चन्द्रको हत्या, डिसेम्बर २४ मा एक हिन्दु युवकको भीडले हत्या, र डिसेम्बर २९ मा अर्का एक हिन्दुको हत्या भइसकेको छ।

स्थानीय समुदाय र मानवअधिकार समूहहरूले हिन्दु समुदायमाथि बढ्दो हिंसाप्रति चासो व्यक्त गरेका छन् र सरकारसँग तत्काल सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot