राष्ट्रिय दैनिक / नवलपरासी ,२१ पुस पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका सत्यदेव लोहारले आफ्नो जीवनको कठिन परिस्थितिबाट उठेर सफलता हासिल गरेका छन्। २०५५ सालमा जन्मेका लोहारको प्रारम्भिक सपना इन्जिनियर बन्ने थियो, तर आर्थिक अवस्थाले त्यो सम्भव भएन। पढाइ सकिएपछि उनी निजी विद्यालयहरूमा शिक्षकको रूपमा कार्यरत भए। शिक्षण पेशा उनको सोचेअनुसार नभएपछि उनले सरकारी सेवामा प्रवेश गर्ने निर्णय गरे। लोकसेवा तयारीको समयमा उनका पिताजी प्यारालाइसिस भए, जसले उनलाई थप चिन्तित बनायो। तर कठिन परिस्थितिका बाबजुद उनले आफ्नो मेहनत र लक्ष्यमा कटिबद्धता छोडेनन्। आर्थिक अभावमा संघर्ष गरिरहेका लोहारले चैतन्य लोकसेवा एकेडेमी, बुटवलबाट निःशुल्क अध्ययन गर्ने अवसर पाए। उनी पहिलो प्रयासमै शाखा अधिकृत बन्न सफल भए। स्थानीय समुदाय र शुभचिन्तकहरूले सत्यदेव लोहारलाई हार्दिक बधाई र शुभकामना दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।