Rashtriya Dainik

सरावल–४ मा भूमिहीनको आशा पूरा हुँदै, जग्गा नापीका लागि ५०० जनालाई निस्सा वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको जग्गा नापी कार्यका लागि पहिलो चरण अन्तर्गत निस्सा वितरण सम्पन्न भएको छ।
वडा नम्बर ४ मा मात्रै ५०० जनालाई निस्सा वितरण गरिएको हो। यसैबीच सरावल गाउँपालिका वडा नम्बर १ र ३ मा जग्गा नापी कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भरिबाट हालसम्म ३ हजार १०२ वटा आवेदन प्राप्त भएका छन्।


निस्सा वितरण कार्यक्रम वडा अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष चौधरीले भूमिहीन तथा सुकुम्बासी समुदायलाई जग्गा व्यवस्थापन गरी कानुनी स्वामित्व प्रदान गर्ने अभियानलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले चरणबद्ध रूपमा जग्गा नापी तथा लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने जानकारी पनि दिनुभयो।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, नापी प्राविधिक निरज प्रजापति, प्रशासन शाखाका राजन बस्याल लगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


स्थानीय तहको सक्रियतामा अघि बढेको यस अभियानले भूमिहीन तथा अव्यवस्थित बसोवासीको दीर्घकालीन समस्या समाधानतर्फ ठोस आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित