पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न

राजन कुमार बानिया /पर्सा, २१ पुस

पर्सा जिल्लाको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा आज सम्पन्न भएको छ। पोखरिया नगरपालिकाको सभा हलमा आयोजित नगरसभाको उद्घाटन नगरप्रमुख प्रधुमन चौहानले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा उहाँले पोखरिया नगरपालिकाको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो। उहाँका अनुसार मालपोत, नापी शाखा तथा प्रादेशिक अस्पताल नगरपालिकाभित्र ल्याउन सफल भई उल्लेखनीय काम भएको छ। साथै इलाका प्रशासन कार्यालयको भवन निर्माण कार्य सम्पन्न भइसकेको र केही दिनमै कार्यालय स्थापना हुने उहाँले जानकारी दिनुभयो।

नगरसभामा नेरा मावि महोबनी विद्यालय भवन निर्माणका लागि टेन्डर भइसकेको तथा जिल्ला उच्चाङ्गल रामदेव माविको पुरानो भवनको सट्टा नयाँ भवन निर्माणको व्यवस्था गरिएको जानकारी दिइयो। त्यसैगरी नगर विकास समितिको सहयोगमा बजार क्षेत्रमा खटाल निर्माण, नगरपालिका भित्र उद्योग व्यवस्थापन लगायतका कार्यक्रम हिउँदे नगरसभाबाट पारित गरिएको छ।

नगरप्रमुख चौहानले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर विकास निर्माणका काम अघि बढाइएको बताउँदै चालु आर्थिक वर्षमा बजेट अभावका कारण केही योजनामा ढिलाइ भएको स्वीकार गर्नुभयो। बजेटभन्दा बढी रकमको योजना बनेकाले समस्या देखिएको र बाँकी विकास निर्माणका काम माघ महिनादेखि सुरु गरिने उहाँले जानकारी दिनुभयो।
हिउँदे नगरसभामा उप–नगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले आफू भर्खरै पदभार सम्हालेको उल्लेख गर्दै आफ्ना हस्ताक्षरबाट हुने कामलाई पहिलो प्राथमिकतामा राखेर जनताको सेवा छिटो र छरितो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। बजेट निर्माणमा समयमै ध्यान नपुग्दा नेपाल सरकारबाट आउने बजेटभन्दा बढी योजना बनेको बताउँदै आगामी दिनमा बजेट संशोधन गरी विकासका काम अघि बढाइने उहाँले बताउनुभयो।

विशेष नगरसभा कार्यक्रममा वडा अध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, साथै केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमानन्द पटेल, किसोरी साह, कार्यपालिका सदस्यहरू रामबचन महतो, अजय साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, लेखापाल मन्दिप महतो, योजना शाखा प्रमुख सञ्जय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरविन्द दुबेदी, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, पत्रकार, सुरक्षाकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सह–संयोजक शिवसिंह पटेलले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot