फागुन १३ देखि २५ सम्म ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ आयोजना हुँदै

पत्रकार सम्मेलनसहित एक्सपोको लोगो अनावरण सम्पन्न

उमेश बि.क /नवलपरासी,२१ पुस

स्थानीय उद्योग, व्यापार, कृषि र पर्यटन प्रवर्द्धनलाई लक्ष्य गर्दै उद्योग व्यापार संघ, बर्दघाटको आयोजनामा आगामी फागुन १३ गतेदेखि २५ गतेसम्म प्रथम बर्दघाट एक्सपो–२०८२ आयोजना हुने भएको छ।

“स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको एक्सपो बर्दघाट नगरपालिकाको बर्दघाट मण्डपमा १३ दिनसम्म सञ्चालन हुनेछ।

एक्सपोको तयारी तथा उद्देश्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन तथा एक्सपो लोगो अनावरण कार्यक्रम संघको कार्यालय बर्दघाट मिनिमार्टमा सम्पन्न भएको छ।

संघका अध्यक्ष राजु न्यौपाने अध्यक्षतामा भएको पत्रकार सम्मेलनुको सञ्चालन संघका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले स्वागत मन्तव्य राख्दै एक्सपोले बर्दघाट क्षेत्रको आर्थिक चलायमानता बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा एक्सपोको आधिकारिक लोगो अनावरण गरिएको थियो। लोगोको संयुक्त रूपमा अनावरण उद्योग व्यापार संघ, बर्दघाटका अध्यक्ष राजु न्यौपाने तथा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीले गर्नुभएको हो।

सो अवसरमा वक्ताहरूले एक्सपो सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहकार्यका लागि आग्रह गरेका थिए।

संघका अध्यक्ष न्यौपानेका अनुसार एक्सपोमा करिब २५० वटा स्टल रहनेछन्। स्टलहरूमा स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु उद्योगका सामग्री, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, विविध खानाका परिकार तथा बालबालिकाका लागि मनोरञ्जनात्मक बाल उद्यानको व्यवस्था गरिनेछ। पत्रकार तथा सञ्चारकर्मीको सहजताका लागि छुट्टै सञ्चार केन्द्रसमेत स्थापना गरिनेछ।


एक्सपो अवधिभर कृषि यन्त्र तथा प्रविधिको प्रदर्शनी, बाली–बस्तुको प्रदर्शन, दुग्ध परिकारको प्रदर्शनी, विद्यालयस्तरीय विज्ञान प्रदर्शनी तथा विभिन्न प्रतियोगिताहरू आयोजना गरिनेछ। साथै बर्दघाट नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धनका लागि जानकारीमूलक भिडियो प्रदर्शन र सामूहिक भ्रमणको व्यवस्था गरिनेछ। प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा स्थानीय प्रतिभाहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

आयोजकले एक्सपो अवधिभर १ लाखदेखि १ लाख ५० हजार दर्शक अवलोकन गर्ने र करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ। एक्सपो सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ४२ लाख रुपैयाँ आम्दानी गरी करिब १२ लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको छ। बचत रकम व्यवसायिक हकहित तथा सामाजिक कार्यमा खर्च गरिनेछ।
प्रचार–प्रसारलाई प्रभावकारी बनाउन कन्टेन्ट क्रियटर प्रोमोसन कार्यक्रम पनि सञ्चालन गरिनेछ। प्रतियोगितामार्फत तयार पारिएको भिडियोमध्ये सर्वाधिक दर्शक प्राप्त गर्ने कन्टेन्टलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रवेश शुल्कतर्फ साधारण टिकट ८० रुपैयाँ, विद्यार्थीका लागि ६० रुपैयाँ (विद्यार्थी परिचयपत्र अनिवार्य) निर्धारण गरिएको छ। ७० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा संघका सदस्य उद्योगी–व्यवसायीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। एक्सपो अवधिभर तीनवटा विशेष कन्सर्ट आयोजना हुने भएकाले ती दिन साँझ ५ बजेपछि छुट्टै टिकट शुल्क लाग्नेछ। सामूहिक रूपमा ५० जनाभन्दा बढी टिकट लिने समूहलाई विशेष छुट तथा सिजनल पासको व्यवस्था पनि गरिनेछ।

१६ वडाका १६ विशेष स्टल, प्रत्येक वडाका पहिचान झल्काउने उत्पादन, ‘लण्डन ब्रिज’ आकृतिको आकर्षक प्रवेशद्वार, विभिन्न जाति–संस्कृति झल्काउने घर र खानाका परिकार, जलपरी कार्यक्रमलगायत एक्सपोका थप आकर्षण रहनेछन्।


एक्सपो मूल समिति संयोजक तथा उद्योग व्यापार संघ, बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बर्दघाटको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउन यो एक्सपो महत्वपूर्ण खुड्किलो बन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण सञ्चारमाध्यमलाई प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot