‘कार्यकर्तालाई प्रयोगको साधन बनाइयो’ भन्दै बृजराज कुशवाहाद्वारा नेपाली काँग्रेस परित्याग

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ पुस

नेपाली काँग्रेसका पूर्व कार्यकर्ता बृजराज कुशवाहाले सामाजिक सञ्जाल फेसबुक र ब्लगमा स्टाटस लेख्दै पार्टीको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक वक्तव्य जारी गर्दै कुशवाहाले २०४६ सालदेखि स्कुले उमेरमै लोकतन्त्र र जनअधिकारका लागि सक्रिय रहँदै आएको उल्लेख गर्नुभएको छ। कार्यकर्ताको योगदानबाट नेतृत्वमा पुगेकाहरू पद, सत्ता र अर्थ मोहमा डुबेर कार्यकर्तालाई प्रयोगको साधनमा सीमित गरेको देखेपछि आफू यो निर्णयमा पुग्न बाध्य भएको उहाँको भनाइ छ।

कुशवाहाले नेपाली काँग्रेस अब नीति र सिद्धान्तको पार्टी नरही गुट, भागबण्डा र सीमित नेताहरूको स्वार्थ पूर्तिको थलोमा रूपान्तरण भएको टिप्पणी गर्नुभएको छ। जेन–जी आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा समेत युवाको आवाज नसुन्नु, दोस्रो पुस्तालाई पन्छाउनु र सामन्तवादी सोच कायम राख्नु लोकतन्त्रकै अपमान भएको उहाँले उल्लेख गर्नुभएको छ।

लोकतन्त्रको नाममा सामन्तवाद चलाउने, फरक मत राख्ने कार्यकर्तामाथि दबाब दिने तथा पुस्तान्तरण रोक्ने नेतृत्वसँग चुप लागेर बस्नु आत्मसम्मान र वैचारिक इमानदारीविरुद्ध भएको भन्दै उहाँले पार्टी परित्याग गरेको स्पष्ट पार्नुभएको छ। साथै संघीयता, स्वतन्त्र विचार र लोकतन्त्रप्रेमी नागरिक तथा जेन–जी युवा पुस्तासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

यो निर्णय कुनै आवेग नभई लामो समयको पीडा, अनुभूति र विवेकपूर्ण निष्कर्ष भएको उल्लेख गर्दै कुशवाहाले आत्मसमीक्षा नगरे नेपाली काँग्रेस इतिहासमा अवसर गुमाएको गुटीय पार्टीका रूपमा दर्ज हुने चेतावनीसमेत दिनुभएको छ।

कुशवाहा एक सक्रिय, सक्षम तथा सबल सञ्चारकर्मीसमेत हुनुहुन्छ। उहाँ विगत धेरै वर्षदेखि नवलपरासीबाट पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। सामाजिक, राजनीतिक तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका कुशवाहाले निष्पक्ष र निर्भीक पत्रकारितामार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot