तुलसीराम पौडेल /रुपन्देही ,२१ पौष रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित १३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कप प्रतियोगिता अन्तरगत पौष २० गते आइतबारको खेलमा झरना स्पोर्ट्स क्लब कुन्जलापुर बिजयी भएको छ। आइतबार झरना स्पोर्ट्स क्लब भर्सेस चादनी युवा क्लब बिच भएको प्रतियोगितामा झरना स्पोर्ट्स क्लबले शुन्यका विरुद्ध ४ गोलको अन्तरले चादनी युवा क्लबलाई पराजित गरि विजय भएको हो । झरना स्पोर्ट्स क्लबका जर्सी नम्बर -१७ का खेलाडी सुरज चौधरीले लगातार ४ पटक सम्म गोल हान्न सफल भएका थिए । खेलाडी चौधरीले पहिलो हाफको ८ औ मिनेटमा पहिलो गोल ,२८ औं मिनेटमा दोस्रो गोल , दोस्रो हाफको १६ औं मिनेटमा तेस्रो गोल र ३५ औं मिनेटमा चौथो गोल हान्न सफल भएका थिए । आइतबारको खेलको म्यान अफ द म्याच झरना स्पोर्ट्स क्लबका जर्सी नम्बर १७ का खेलाडी सुरज चौधरी घोषित भए । फर्साटिकर युवा क्लबका अध्यक्ष अमृत खड्काले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो । सोमबार गोर्खा ब्वाइज बुटवल भर्सेस कपिलवस्तु ११ कपिलवस्तु विच प्रतियोगिता हुने क्लबका सचिव राजन खनालले जानकारी दिनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।