कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, आकाश चौरसिया पुनः अध्यक्ष

पर्सा, १६ पुस
पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभासँगै नयाँ कार्य समिति पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।
संस्थापक अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट १३ सदस्यीय कार्य समिति र २१ सदस्यीय साधारण सभा सदस्य चयन गरिएको हो। नयाँ कार्य समितिको अध्यक्षमा पुनः संस्थापक अध्यक्ष आकाश चौरसिया चयन हुनुभएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा आकाश महतो, उपाध्यक्षमा भरत साह, महासचिवमा विशाल कुशवाहा, सचिवमा सुदिप चौरसिया, कोषाध्यक्षमा बुलेट तिवारी चयन हुनुभएको छ। सदस्यहरूमा सविर आलम, मोहन महतो, रमेश चौरसिया, साहजाद आलम, सुजित कुशवाहा, चन्द्रशेखर पटेल र विनय चौरसिया रहनुभएको छ।
पुनः अध्यक्षमा चयन भएपछि आकाश चौरसियाले संस्थालाई अझ दृढ संकल्पका साथ अगाडि बढाउँदै सर्वोच्च शिखरतर्फ पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण कार्य समिति र साधारण सभा सदस्यहरूको सल्लाह तथा सुझावलाई आत्मसात् गर्दै संस्थालाई अघि बढाउने बताउनुभयो।
साधारण सभाको निर्वाचन प्रक्रियामा सहजीकरण गर्ने निर्वाचन अधिकृत सुबोध कुमार चौरसिया तथा सदस्यहरू छठु साह, जयप्रकाश चौरसिया र तपसी साहलाई नयाँ कार्य समितिले टीका, खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरेको संस्थाका कोषाध्यक्ष बुलेट तिवारीले जानकारी दिनुभयो।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया प्रमुख अतिथि तथा वडा नं. १ का वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै गैरसरकारी संघ महासंघ पर्साका अध्यक्ष छठु साह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, वडा सदस्य, इलाका प्रहरी कार्यालय कालिकामाईका एएसआई जगमोहन साह कानु, संस्थाका साधारण सभा सदस्य तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot