राष्ट्रिय दैनिक / नवलपरासी ,१५ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर–३, सरावलमा सञ्चालन भइरहेको श्री श्री १०८ हनुमान महायज्ञमा मंगलवार साँझ लाख बत्ती प्रज्वलन गरिएको छ। बत्ती प्रज्वलनसँगै सम्पूर्ण क्षेत्र भक्तिमय र उज्यालो वातावरणमा परिणत भएको थियो। महायज्ञ अन्तर्गत गरिएको लाख बत्ती प्रज्वलन कार्यक्रममा स्थानीयवासी, भक्तजन, धार्मिक अगुवा तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सामूहिक रूपमा बत्ती प्रज्वलन गर्दै भक्तजनहरूले शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गरेका थिए। आयोजक समितिका अनुसार लाख बत्ती प्रज्वलनले अन्धकारबाट उज्यालतर्फ जाने आध्यात्मिक सन्देश, सकारात्मक सोच र सामाजिक एकताको प्रतीक झल्काउने विश्वास गरिएको छ। यस्ता धार्मिक कार्यक्रमले समाजमा नैतिक चेतना, अनुशासन र आपसी सद्भाव बढाउने उनीहरूको भनाइ छ। महायज्ञसँगै सञ्चालन भइरहेको रामलिला तथा रासलिला कार्यक्रमले पनि दर्शकको आकर्षण बढाइरहेको छ। चिसो मौसमका बाबजुद दैनिक रूपमा ठूलो संख्यामा दर्शक तथा भक्तजन सहभागी भइरहेका छन्। महायज्ञ तथा सांस्कृतिक कार्यक्रमहरू निर्धारित तालिकाअनुसार निरन्तर सञ्चालन हुने आयोजक समितिले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।