आरपि उपाध्याय /त्रिवेणी ,१५ पुस सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. त्रिवेणी (ब.स.पु.) विनयी त्रिवेणी ७ को आयोजनामा कपाल काट्ने तालिम एक कार्यक्रमका बिच सोमबार शुभारम्भ भएको छ। “सिमा बासी संग सशस्त्र प्रहरी बल” कार्यक्रम अन्तर्गत सञ्चालित कपाल काट्ने तालिमको शुभारम्भ भएको हो। तालिम शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी बल ३१ न. गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले नेपालमा कपाल काट्ने व्यक्तिको कमीले सिमापार भारतका व्यक्तिद्वारा कपाल काट्ने अवस्था रहेकोमा अब नेपालमै दक्ष जनशक्ति उत्पादन गरि कपाल काट्ने कार्यलाई अगाडि बढाउन यो तालिम फलदायी रहने धारणा राख्नुभयो। उहाँले नेपालको ग्रामीण र सहरहरूमा बेरोजगार युवा शक्तिलाई कपाल काट्ने तथा अन्य सीपमूलक कार्यक्रमबाट बेरोजगारीको समस्या समाधान गर्ने कार्यक्रमको लक्ष्य रहेको पनि जिकिर गर्नुभयो। कार्यक्रममा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की लगायतले कपाल काट्ने तालिमबाट बेरोजगारी युवायुवतीलाई रोजगारी मिल्ने र स्वावलम्बन शिक्षा प्रदान हुने धारणा राखेका थिए। विनयी त्रिवेणी वडा न.६ र ७ बाट उपस्थित भएका २० को सङ्ख्यामा युवा जनशक्तिलाई कपाल काट्ने तालिममा सहभागी गराइएको बि.ओ.पी. प्रमुख मङ्गल सिंह धामीले जानकारी दिनुभएको छ। कपाल काट्ने तालिम पौष १४ गतेदेखि पौष २५ गतेसम्म त्रिवेणी बि.ओ.पि. प्राङ्गणमा दक्ष प्रशिक्षक प्रकाश नाउँले प्रशिक्षण दिनुहुने बताइएको थियो। उक्त तालिमबाट आत्मनिर्भर बनाउनुको साथै सानो लगानीमा पनि स्वावलम्बी बनाउने तालिमको लक्ष्य रहेको बताइएको छ। कार्यक्रममा तालिमका सहभागीहरुले केशकर्तक,दारीजुङ्गा ट्रीभिङ,व्यक्तिगत सफाइ,ग्राहक व्यवहार,उपकरणको सुरक्षित प्रयोग तथा साना उद्योग सञ्चालन सम्बन्धि आधारभूत ज्ञान हासिल गरि बेरोजगारीको समस्या समाधान गरि युवायुवतीहरुलाई अनुशासित र सुरक्षित जनशक्ति बनाउने समेत तालिममा जानकारी गराइएको थियो। त्यसैगरी विनयी त्रिवेणी ७ मा सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म हे.क्वा. (ब.स.पु.) ले सिमा बासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सञ्चालित अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,व्यापारी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा सहभागीहरुले सिमा क्षेत्रमा शान्ति,सुरक्षा,प्रतिबद्धताको महानतम जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बलले गर्दै आएको गतिविधि र नागरिक केन्द्रित कार्यक्रम बारे आफ्नो अमुल्य सुझाव दिएका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।