राष्ट्रिय दैनिक / नवलपरासी ,१४ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर–३, सरावलमा सञ्चालन भइरहेको रासलिला कार्यक्रमअन्तर्गत आज राति भगवान श्रीकृष्ण र रुक्मिणीको विवाह प्रसंग मञ्चन गरिने भएको छ। श्री श्री १०८ हनुमान महायज्ञ अन्तर्गत आयोजना गरिएको रासलिलामा दैनिक रूपमा कृष्ण लीलाका महत्वपूर्ण प्रसंगहरू प्रस्तुत हुँदै आएका छन्। आजको रुक्मिणी विवाह दृश्यलाई विशेष आकर्षणका रूपमा लिइएको छ, जसका लागि दर्शक र भक्तजनमा उत्साह बढेको आयोजक समितिले जनाएको छ। रुक्मिणी–कृष्ण विवाहले प्रेम, धर्म, निष्ठा र सत्यको विजयको सन्देश दिने धार्मिक विश्वास रहेको छ। यस्ता लीलाले समाजमा धार्मिक चेतना, नैतिकता र सांस्कृतिक एकता प्रवर्द्धन गर्न मद्दत पुग्ने स्थानीय अगुवाहरूको भनाइ छ। चिसो मौसमका बाबजुद पनि रासलिला हेर्न स्थानीयसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शकको सहभागिता रहने गरेको छ। आयोजकले आजको कार्यक्रममा समयमै उपस्थित भई धार्मिक तथा सांस्कृतिक लाभ लिन सबैलाई आग्रह गरेका छन्। रासलिला तथा महायज्ञ कार्यक्रम निरन्तर रूपमा तय तालिकाअनुसार सञ्चालन भइरहेको जनाइएको राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।