राष्ट्रिय दैनिक | नवलपरासी , १३ पुस भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासी नजिकको नेपाल–भारत सीमा क्षेत्र ठुठीबारी नाकामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवैध सुन तस्करीको प्रयास नाकाम पारेको छ। शनिबार नियमित गस्तीका क्रममा एसएसबीले एक नेपाली नागरिकलाई अवैध सुनसहित पक्राउ गरेको हो। एसएसबीको २२औँ बटालियनले मार्चहवा बगैंचा नजिक गस्ती गर्दै गर्दा मोटरसाइकलमा सवार एक शंकास्पद व्यक्तिलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा ती व्यक्तिबाट १००.६१० ग्राम तौलको सुनको बिस्कुट बरामद गरिएको एसएसबीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–उजैनी निवासी ४३ वर्षीय तारा प्रसाद मौर्य रहेको पहिचान खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी नेपालबाट सुन ल्याई अवैध रूपमा भारतीय क्षेत्रमा प्रवेश गरी निचलौलतर्फ लैजाने योजनामा रहेको खुलेको एसएसबीले जनाएको छ। उक्त अपरेसन हवल्दार जहुरुद्दीन र साबुलाल मीना नेतृत्वको टोलीले सञ्चालन गरेको थियो। बरामद गरिएको सुनको बिस्कुट, तस्करीमा प्रयोग गरिएको मोटरसाइकल तथा पक्राउ परेका अभियुक्तलाई थप कानुनी कारबाहीका लागि राति नै ठुठीबारी कस्टम कार्यालयमा बुझाइएको छ। एसएसबी इन्चार्ज शिवपूजनले सीमा क्षेत्रमा निगरानी र गस्ती थप कडा बनाइएको उल्लेख गर्दै नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध तस्करी र आपराधिक गतिविधिविरुद्ध कडा कारबाही निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।