चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने

अजय मिश्र,चन्द्रौटा, १२ पुस ।
दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औधोगिक प्रर्दशनी २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले जनाएको छ। शनिबार पत्रकार सम्मेलन मार्फत पौष १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा सुरु हुने महोत्सवको सबै तयारी सम्पन्न भएको जानकारी दिइएको हो । जिल्लाकै महत्वपूर्ण मेलाका रूपमा परिचित चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकले नयाँ आकर्षण र फरक अनुभव पाउने आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचार–प्रसारमा मिडियाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । भुसालले पछिल्ला वर्षहरूमा महोत्सवहरू व्यवसायिक मोडतर्फ अघि बढिरहे पनि, स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतिष्पर्धा भन्दापनि एक आपसमा सहकार्यगर्दै अगाडी बढ्न सकेमा यसले फाइदा हुने बताउनुभयो । कोभिड–१९ महामारी पछि देशको अर्थतन्त्र कमजोर बनेको उल्लेख गर्दै उहाँले व्यवसायिक वातावरण अझै नरहेको बताउनुभयो ।

यस्तै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईस्वरी पाण्डेले चन्द्रौटामा विगतमा भएका घटना तथा द्वन्द्वको स्मरण गर्दै प्रभावित क्षेत्रलाई देशभर चिनाउन यस्ता मेलाहरूले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन तथा जेष्ठ नागरिक सम्मानको विशेष व्यवस्था रहनेछ। यसैगरी यसवर्ष मम्मी डान्स आईडल पनि रहने जानकारी दिनुभयो । लन्डन ब्रिज, जलपरी, आइफिल टावर लगायतका संरचनात्मक आकर्षणसँगै देशभर चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने पाण्डेको भनाइ छ।

यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अलि मियाले महोत्सव संचालन गर्दा चन्द्रौटाबाट अर्थतन्त्र बाहिर जानुभन्दा पनि यहाँ नै व्यापारिक गतिविधि बढ्ने बताउनुभयो । इतिहासमा थुप्रै चुनौती झेलेको चन्द्रौटा हाल शान्ति क्षेत्रको रूपमा विकास हुँदै गएको बताउँदै मियाले पछिल्ला दुई वर्ष देशको अर्थतन्त्र कमजोर भए पनि यस्ता व्यापारिक महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउने टिप्पणी गर्नुभयो।

कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीसहित जिल्लाभरका सञ्चारकर्मीको उपस्थिति रहेको थियो। पत्रकारहरूले महोत्सवलाई रात्रीकालीन भन्दा साँझमै समापन गर्ने, महोत्सव स्थललाई रंगशालाका रूपमा विकास गर्न पहल गर्ने तथा सफाइ व्यवस्थापनलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot