त्रिवेणी गोल्ड कप : रोमाञ्चक खेलमा हर्नाटारको जित

आरपि उपाध्याय /नवलपरासी , १२ पुस

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा सञ्चालन भइरहेको प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार एक प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको छ।
नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालय, त्रिवेणीको खेल मैदानमा भएको खेलमा नवजीवन फुटबल क्लब बर्दघाट र भारत, बिहार पश्चिमी चम्पारणको हर्नाटार स्पोर्ट्स क्लब बीच प्रतिस्पर्धा भएको थियो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा हर्नाटार स्पोर्ट्स क्लबले नवजीवन फुटबल क्लब बर्दघाटलाई ४–३ गोल अन्तरले पराजित गर्दै जीत हात पारेको खेल संयोजक पवन गुरुङले जानकारी दिनुभयो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका हर्नाटार स्पोर्ट्स क्लबका रुपेश कुमार लाई म्यान अफ द म्याच घोषित गरिएको थियो।
त्रिवेणी युवा क्लबका अध्यक्ष अमर भट्टराई क्षेत्री का अनुसार प्रतियोगिता पौष १० गतेदेखि पौष २६ गतेसम्म सञ्चालन हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot