पर्साका चार गाउँका एक हजार दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग

बिरगंज, १२ पुस

बोधिसत्वा बिहार, बुढानिलकण्ठ काठमाडौँको सहयोग, डा. पियारत्न महर्जनको सहजीकरण तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाका दलित तथा सीमान्तकृत समुदायका एक हजार बालबालिकालाई शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्री सहयोग गरिएको छ।

पर्सा जिल्लामा अझै पनि दलित समुदायका बालबालिकामा विद्यालय छोड्ने दर उच्च रहेकाले, अभिभावकको ज्यालादारी र आर्थिक कमजोरीका कारण पढाइ निरन्तरता दिन कठिनाइ हुने अवस्था रहेको छ। यही समस्यालाई मध्यनजर गर्दै बालबालिकालाई विद्यालयमा टिकाइराख्न, कापी–कलमको अभावका कारण पढाइ नछोडून्, सिकाइस्तर सुधार होस् र उत्तीर्ण दर बढोस् भन्ने उद्देश्यका साथ सामग्री वितरण गरिएको हो।
पिसफोर दलितस फाउन्डेसन नेपालले सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ कवौबन गाउँको मुसहर बस्ती, वडा नं. ५ महुवन गाउँको दलित बस्ती, कटैया क्षेत्रका दलित बस्ती तथा बिरगंज महानगरपालिका वडा नं. १९ बिन्दबासनी–केहुनिया गाउँका दलित बस्तीमा सञ्चालन हुँदै आएका निःशुल्क सामुदायिक टियुसन तथा सिकाइ सुधार केन्द्र का बालबालिकालाई कापी, कलम, खानेकुरा, चिसोबाट जोगिन फोम, टियुसन कक्षाका लागि कुर्सी–टेबललगायत सामग्री वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बोधिसत्वा बिहार, बुढानिलकण्ठ काठमाडौँका अध्यक्ष तथा सामाजिक अभियान्ता डा. पियारत्न महर्जन ले बालबालिकालाई आफ्नै हातबाट सामग्री वितरण गर्दै शिक्षा नै सामाजिक रुपान्तरणको बलियो आधार भएको उल्लेख गर्नुभयो। उहाँले विगत वर्षहरूमा पनि पर्सा जिल्लामा न्यानो कपडा, शैक्षिक सामग्री, राहत तथा खाद्यान्न वितरण गर्दै सामाजिक सेवामा निरन्तर योगदान दिँदै आउनुभएको छ।

सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ की खुसी कुमारी मुसहरले सहयोग पाउँदा अत्यन्त खुशी लागेको बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गरिन्। त्यस्तै बिन्दबासनी गाउँका अभिभावक राजेन्द्र रामले यस सहयोगले बालबालिकाको विद्यालय जाने दर बढ्ने विश्वास व्यक्त गर्दै धन्यवाद दिनुभयो।
कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले गर्नुभएको थियो। कार्यक्रममा कार्यकारिणी निर्देशक पारमानन्द राम, सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासावान, सन्जोग राम, बिनोद रामलगायतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot