राजन कुमार बानिया / पर्सा, १२ पुस पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ मनिहर्वाबाट सशस्त्र प्रहरीले आज बिहान अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत, बिहार राज्यको बेतिया जिल्ला अन्तर्गत सिकटा थाना क्षेत्रको बेहरा झुम्का गाउँ निवासी ३७ वर्षीय अशोक महतो रहेका छन्। उनले भारतीय नम्बर प्लेट BR 22 A 5302 नम्बरको मोटरसाइकलमा ४ किलो ५५० ग्राम गाँजा ओसारपसार गर्दै थिए। त्यसैगरी पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा गाउँ निवासी ४३ वर्षीय रबिन्द्र महतोले BR 22 U 1178 नम्बरको मोटरसाइकलमा ५ किलो ५ सय ग्राम गाँजा बोकेर लैजाँदै गर्दा पक्राउ परेका हुन्। बरामद गरिएको गाँजा, मोटरसाइकल तथा पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति (एसपी) पुरणचन्द्र भट्टले जानकारी दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।