धर्मेन्द्र कुमार कुर्मी/ कपिलवस्तु, १२ पुस कपिलवस्तुको विजयनगर गाउँपालिका–२ लोहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्रका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। विजयनगर गाउँपालिका–२ मगरघट्टाका समाजसेवी गगन कुमार मिश्रले शुक्रबार बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई मध्यनजर गर्दै स्विटर र टाउजर वितरण गर्नुभएको हो। विद्यालयका प्रधानाध्यापक मिर्जा प्रसाद चौधरीले मिश्र परिवारको सहयोगले साना बालबालिकालाई जाडोबाट जोगाउन सहयोग पुगेको बताउनुभयो। उहाँले यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो। यसै अवसरमा विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।