राष्ट्रिय दैनिक / नवलपरासी ,११ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३, सरावलमा सञ्चालित श्री श्री १०८ हनुमान महायज्ञ अन्तर्गत प्रस्तुत रासलिला कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। चिसो मौसम रहे पनि दैनिक रूपमा करिब हजारौँको संख्यामा श्रद्धालु तथा दर्शकहरू रासलिला अवलोकनका लागि कार्यक्रमस्थलमा पुगिरहेका छन्। महायज्ञ अन्तर्गत आयोजित रासलिला आदर्श श्री राधाकृष्ण रासलिला एवं रामलिला संस्थान, श्री वृन्दावन धाम, मथुरा (उत्तर प्रदेश, भारत) का लोकप्रिय कलाकारहरूद्वारा मञ्चन गरिएको हो। कलाकारहरूको सशक्त अभिनय, भावपूर्ण प्रस्तुति तथा धार्मिक सन्देशले दर्शकहरूलाई अत्यन्तै मोहित बनाएको छ। श्री श्री १०८ हनुमान महायज्ञ पुस ८ गतेदेखि सञ्चालन हुँदै आएको छ। महायज्ञ अन्तर्गत कलशयात्रा, धार्मिक प्रवचन, रासलिला तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र एकतालाई मजबुत बनाएको आयोजक समितिले जनाएको छ। महायज्ञमा सरावलसहित आसपासका विभिन्न क्षेत्रबाट श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।