सरावलमा हनुमान महायज्ञ : धर्मले मानवता र सामाजिक सद्भाव जोड्छ – गुप्ता

राष्ट्रिय दैनिक / नवलपरासी ,११ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३, सरावलमा सञ्चालित श्री श्री १०८ हनुमान महायज्ञ अन्तर्गत तेस्रो दिनको रासलिला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै रामग्राम नगरपालिका निवर्तमान नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले कलयुगका कण–कणमा देवता हनुमानजी विराजमान रहेको उल्लेख गर्दै, सच्चा मनले हनुमानजीको प्रार्थना गर्ने व्यक्तिले जीवनमा कष्ट भोग्न नपर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कलयुगमा पाप र धर्म दुवै विद्यमान रहेकै कारण सृष्टि टिकिरहेको धारणा राख्दै, धर्मले मानवतालाई जोड्ने र समाजलाई संगठित बनाउने प्रमुख माध्यमको भूमिका खेलेको बताउनुभयो।

उहाँले अनेकताभित्र एकता कायम गर्दै सामाजिक सद्भाव मजबुत बनाउन धर्मले महत्वपूर्ण योगदान पुर्‍याएको पनि उल्लेख गर्नुभयो।

उक्त श्री श्री १०८ हनुमान महायज्ञ पुस ८ गतेदेखि सञ्चालन हुँदै आएको हो। महायज्ञअन्तर्गत विविध धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्, जसमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot