पौष १५ देखि १३ औं शुद्वोदन  फर्साटिकर कप -२०८२  हुने

तुलसीराम पौडेल / रुपन्देही , पौष १०

रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १५ गतेदेखि फर्साटिकर माविको खेल मैदानमा १३ औं शुद्वोदन फर्साटिकर फर्साटिकर कप प्रतियोगिता हुने भएको छ।
फर्साटिकर युवा क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको  हो ।

फर्साटिकर युवा क्लबका अध्यक्ष अमृत खड्काका अनुसार प्रतियोगितामा रुपन्देही जिल्लाका ८ र अन्य जिल्लाका ४ गरी कुल १२ टिमको सहभागिता रहनेछ । विभिन्न चुनौतीका बाबजुद पछिल्ला १३ वर्षदेखि प्रतियोगिता निरन्तर रूपमा आयोजना हुँदै आएको उहाँले बताउनुभयो ।

अध्यक्ष खड्काले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने शुद्धोदन गाउँपालिका, विदेशमा रहेका नेपाली दाजुभाइ तथा शुद्धोदनवासी युवाप्रति आभार व्यक्त गर्दै खेलप्रेमी दर्शकलाई मैदानमा उपस्थित भई खेल अवलोकन गर्न आग्रह गर्नुभयो ।

खेल संयोजक रवि खड्काका अनुसार प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ३ लाख ५५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमलाई नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ रुपैयाँ, सर्वाधिक गोलकर्तालाई १० हजार ५ सय, उत्कृष्ट गोलरक्षकलाई १० हजार ५ सय, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले फर्साटिकर कप जिल्लाकै बहुप्रतीक्षित प्रतियोगिता भएको उल्लेख गर्दै यसले जिल्ला तथा प्रदेशस्तरको फुटबल विकासमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष तथा शुद्धोदन खेलकुद विकास समितिका संयोजक मुकेश कुवँरले नौ वर्षसम्म क्लबको नेतृत्व गरेको अनुभव स्मरण गर्दै नयाँ नेतृत्वले प्रतियोगितालाई अझ व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतियोगिता सञ्चालनका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक शुद्धोदन गाउँपालिका रहेको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा विदेशमा रहेका नेपाली र शुद्धोदनवासी युवाहरूको योगदानमा प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
फर्साटिकर कप प्रतियोगिता पौष २६ गतेसम्म संचालन हुने खेल संयोजक रवि खड्काले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot