आरपि उपाध्याय / त्रिवेणी ,१० पुस पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिता एक कार्यक्रमका बिच प्रारम्भ भएको छ। त्रिवेणी युवा क्लब त्रिवेणी धामको आयोजना तथा गण्डकी खेलकुद परिषद नेपालको प्रबर्द्धनमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। त्रिवेणी युवा क्लबका अध्यक्ष अमर भट्टराई क्षेत्रीको अध्यक्षता तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो। सो अवसरमा सदस्य सचिव शर्माले गण्डकी प्रदेशको दक्षिणी नाका भारत संग जोडिएको कुरा हाम्रो देशका राजनेता तथा उच्च प्रशासनिक निकायहरुले बुझेको भएपनि त्यो व्यवहारमा लागू गर्न नसक्दा विनयी त्रिवेणीका वडा न.६ र ७ ले हदैसम्म दु:ख पाउनु परेको बताउनु भयो। खेलकुदको नजरबाट त्रिवेणी क्षेत्रलाई हेर्दा असल र उत्कृष्ट खेलाडी पनि त्रिवेणी क्षेत्रबाट नै उत्पादन गर्न सकिने जिकिर गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशको भूगोललाई खेलकुदको माध्यमबाट जोड्न र विकास गर्न चाहेको बताउदै उहाँले राज्यको दृष्टिकोण त्रिवेणीमा पुग्न नसकेकोमा चिन्ताको विषय बनेको धारणा पनि राख्नुभयो। सो अवसरमा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले फुटबल प्रतियोगितालाई विनयी त्रिवेणी ६ मा ल्याइदिनु भएकोमा वडा बासीको तर्फबाट गण्डकी प्रदेश खेलकुद परिषद तथा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। “वन,वन्यजन्तु तथा वातावरण संरक्षण र धार्मिक पर्यटनका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगितामा नेपाल भारतका कुल १० टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। पौष १० गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिता पौष २६ गतेसम्म सञ्चालन हुने बताइएको छ। फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई रु.१ लाख नगद,मेडल,कप तथा द्वितिय हुने टिमलाई रु.५० हजार नगद तथा मेडल प्रदान गरिने खेल संयोजक पवन गुरुङले जानकारी दिनुभयो। त्रिवेणीको खेल मैदानमा विहीबार एक खेल सम्पन्न भएको थियो। जसमा चोरमारा फुटबल क्लब नवलपुरले तिलोत्तमा फुटबल क्लब देवदहलाई शुन्यको विरुद्ध ३ गोलले पराजित गरेको आयोजकले बताएको छ। खेलको उत्कृष्ट खेलाडी चोरमारा फुटबल क्लबका दिवस थापा घोषित भएका छन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।