टिसियन चोकदेखि चुरे हिलपार्कसम्म सौन्दर्यीकरण, नगर प्रमुख श्रेष्ठद्वारा श्रमदानमा सहभागिताको आग्रह

राष्ट्रिय दैनिक / नवलपरासी ,१० पुस

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन तथा प्रकृति संरक्षणका उद्देश्यले टिसियन चोकदेखि चुरे हिलपार्क कैलास मार्गसम्म सौन्दर्यीकरण तथा पर्यटन व्यवस्थापनका लागि बृहत श्रमदान कार्यक्रम आयोजना गर्ने भएको छ।

नगर प्रमुख शम्भु लाल श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासी सम्पूर्णलाई उक्त श्रमदान कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ। उहाँले पर्यटन तथा प्राकृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएकाले सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

उक्त कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी, सशस्त्र प्रहरी बल शिक्षालय बर्दघाट, इलाका प्रहरी कार्यालय बर्दघाट, शिक्षक–विद्यार्थी, आमा समूह, योग शिविरका साधक–साधिका, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण पर्यटन तथा प्रकृति प्रेमी महानुभावहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

टिसियन चोकदेखि चुरे हिलपार्क कैलास मार्गसम्म सौन्दर्यीकरण तथा पर्यटन व्यवस्थापनका लागि बृहत श्रमदान कार्यक्रम पुस १२ गते, शनिबार बिहान ठीक ७ बजेबाट सुरु हुने नगर श्रेष्ठले सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot