पर्साको जगरनाथपुरबाट गाँजासहित भारतीय नागरिक पक्राउ

राजन कुमार बानिया /पर्सा, ९ पुस

पर्सा प्रहरीले लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई मोटरसाइकलसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मिति २०८२ साल पौष ९ गते दिउँसो करिब २ः१५ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
इलाका प्रहरी कार्यालय जानकीटोला, पर्साबाट खटिएको प्रहरी टोलीले जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी नियमित जाँच गरेको थियो। जाँचका क्रममा चालकको गतिविधि शंकास्पद देखिएपछि कानुनी प्रक्रिया पूरा गरी शरीर खानतलासी गर्दा प्लास्टिकमा बेरेर शरीरमा लुकाई ल्याइएको ३ किलो १२० ग्राम गाँजा (प्लास्टिकसहित) फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्ने व्यक्ति भारतको विहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११ निवासी २६ वर्षीय सुमित कुमार रहेका छन्। अभियुक्तको साथबाट लागुऔषध गाँजासहित प्रयोग गरिएको मोटरसाइकल र भारु नगद २६ हजार ५ सय रुपैयाँ समेत बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीलाई प्रमाणका रूपमा राखी पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई थप कडा बनाइएको छ। यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने र कडाइका साथ कारबाही गरिने चेतावनी पर्सा प्रहरीले दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot