रा.प्र.पा. क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन बेलाटारीमा सम्पन्न, अध्यक्ष बाहेक पदमा सर्वसम्मत चयन

आरपि उपाध्याय / त्रिवेणी ,९ पुस

राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) संसदीय निर्वाचन क्षेत्र न.१ क्षेत्रीय कार्यसमितिको क्षेत्रीय अधिवेशन पश्चिम नवलपरासीको बेलाटारीमा बुधबार सम्पन्न भएको छ।
क्षेत्रीय अध्यक्ष सुधिर कुमार पाण्डेको अध्यक्षतामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनको प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष ओम बहादुर सिंहले जनताको सेवा गरेर पार्टी कार्यकर्ताहरु नेतृत्व तहमा पुग्नासाथ जनताकै सेवामा समर्पित हुनुपर्ने बताउनु भएको छ।
रा.प्र.पा. ले सडक आन्दोलन पनि गरिरहेको बताउदै राज संस्थालाई कायम राख्न बैचारिक बहस संगै बढाउदै त्यो अभियानमा आफुहरु सफल हुने कुरामा विश्वस्त रहेको बताउनु भयो।


अधिवेशनमा रा.प्र.पा. की केन्द्रिय सदस्य भगवती घिमिरेले नवलपरासी क्षेत्र न.२ मा क्षेत्रीय कार्यक्रम अगाडि बढन नसकेकोमा चिन्ता व्यक्त गर्दै त्यस्तो अवस्थामा जिल्ला र केन्द्रको अधिवेशन हुन कठिन हुने धारणा राख्दै पार्टीका नेताहरू सच्चिएर नआए त्यसको परिणाम पनि दु:खद हुने जिकिर गर्नुभयो।
कार्यक्रममा पार्टीका अर्का केन्द्रिय सदस्य नवनित मिश्राले अधुरो लक्ष्य लिएर गन्तव्यमा पुग्न कठिन हुने हुँदा आफुहरु लक्ष्य सहितको कार्ययोजना सहित अगाडि बढेको बताउनु भयो।
उहाँले देश अहिले भूराजनीतिको चपेटामा फसेको अवस्थामा नेपालको राजनीतिक निकास नेपालीले मात्र गर्न सकिने उहाँको भनाइ थियो।
सो अवसरमा रा.प्र.पा. का जिल्ला उपाध्यक्ष किरण ज्ञवालीले पार्टीका सबै कार्यकर्ता एकताबद्ध रुपमा अगाडि बढेर आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउन सकिने धारणा राख्दै अधिवेशनमा निर्वाचित नेता,कार्यकर्ताले नै जनताको भावना अनुसारको परिणाम पाउने प्रष्ट पार्नुभयो।


अधिवेशनमा जिल्ला समन्वय समितिका सदस्य मकबुल मिया,प्रतापपुर गाउँपालिका वडा न. २ का वडा अध्यक्ष रामनरेश यादव,रा.प्र.पा. प्रदेश (ख) का सचिव राधेश्याम गुप्ता,स्थानीय तह परिचालन समितिका संयोजक टोप बहादुर सिंह ठकुरी,रा.प्र.पा. रामग्राम नगर समितिका अध्यक्ष रामभवन यादव, क्षेत्रीय सचिव नगेन्द्र प्रसाद कुशवाहा, समाजसेवी भरत पाण्डे लगायतले पार्टी संगठनको विविध पक्ष माथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक गोविन्द कुमार जोशीले जानकारी दिनुभएको छ।


सम्पन्न अधिवेशनले अध्यक्ष पद बाहेक सबै पदहरु सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा प्रदीप राजभर र मन्सादेवी गुप्ता,सचिवमा राधेश्याम गुप्ता,सहसचिवमा मुवारक खाँ चयन हुनुभएको छ भने सदस्यहरूमा अर्जुन केवट,लालमन प्रसाद पञ्जियार, रामनारायण गुप्ता,भुपेन्द्र बहादुर सिंह, जयराम कुर्मी,उमाशंकर चौधरी, चेतनारायण न्यौपाने लगायत सर्वसम्मत चयन हुनुभएको जानकारी गराइएको छ।
अध्यक्ष पदमा सर्वसम्मत हुन नसक्दा अध्यक्ष पदको निर्वाचन आगामी सातामा हुने पनि रा.प्र.पा. स्रोतले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot