राष्ट्रिय दैनिक / नवलपरासी ,८ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३, सरावलमा धार्मिक आस्था र भक्ति भावको केन्द्रका रूपमा श्री श्री १०८ हनुमान महायज्ञ आजबाट औपचारिक रूपमा शुभारम्भ भएको छ।

यज्ञ मूल समितिका अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
यज्ञशाला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले धार्मिक अनुष्ठानले समाजमा शान्ति, सद्भाव र नैतिक मूल्य अभिवृद्धि गर्ने बताउँदै यस्ता कार्यक्रमले सामाजिक एकता मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चौधरीले धार्मिक, सांस्कृतिक पहिचान संरक्षणका लागि हनुमान महायज्ञजस्ता कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

हनुमान महायज्ञ शुभारम्भ कार्यक्रममा सरावल ५ का वडा अध्यक्ष लक्षुमण प्रसाद चौधरी, सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, सरावल ३ का वडा सदस्य केशव चौधरी, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरे, समाजसेवी एवं उद्योग वाणिज्य संघका वरिष्ठ बिरेन्द्र यादव, समाजसेवी केदारनाथ चौधरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यज्ञको पहिलो दिन करिब हजारौँ पुरुष तथा महिलाहरूको सक्रिय सहभागितामा भव्य कलशयात्रा आयोजना गरिएको थियो। परम्परागत बाजागाजा, वैदिक मन्त्रोच्चारण र जयकारासहित निकालिएको कलशयात्राले सम्पूर्ण सरावल क्षेत्र भक्तिमय वातावरणले भरिएको थियो।

यज्ञ मुल समितिकाे सल्लाहकार अम्बरिष चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सचिव उमेश बि.क ले गर्नुभएको थियो ।

यज्ञ आयोजनाले धार्मिक सद्भाव, सामाजिक एकता तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

