दुई महिना नपुग्दै नवलपरासीका सीडीओ कृष्णप्रसाद लम्सालको सरुवा, सुधारका प्रयास अधुरै

राष्ट्रिय दैनिक /नवलपरासी,७ पुस

नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्साल हाजिर भएको दुई महिना पनि नपुग्दै सरुवा हुनुभएको छ। मन्त्रिपरिषद् बैठकले गरेको ६० जना सहसचिवको सरुवासँगै लम्सालको पनि सरुवा गरिएको हो।

सहसचिव लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ। उहाँ गत कात्तिक १२ गते नवलपरासीमा हाजिर हुनुभएको थियो। छोटो कार्यकालमै उहाँले जिल्लामा प्रशासनिक सुधारका केही नयाँ र प्रभावकारी अभ्यास सुरु गर्नुभएको थियो।

सीडीओ लम्सालले हाजिर भएलगत्तै हरेक दिन दिउँसो १२ बजेदेखि साढे १२ बजेसम्म ‘नागरिकसँग प्रजिअ डेस्क’ स्थापना गरी सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने व्यवस्था मिलाउनुभएको थियो। त्यसैगरी कार्यालय प्रमुखहरूको मासिक बैठकअघि दुई घण्टा नागरिकका गुनासा सुन्ने कार्यको पनि थालनी गर्नुभएको थियो।

यसका साथै राष्ट्रिय परिचय पत्रका लागि नागरिकहरूलाई जिल्ला सदरमुकाममै आउनुपर्ने बाध्यता हटाउँदै इलाका प्रशासन कार्यालय सेमरीबाट सेवा सुरु गरिएको थियो। सरकारी गाडीको दुरुपयोग रोक्न सवारी पास प्रणालीमा कडाइ गरिएको थियो। सीडीओ लम्सालका यी कार्यप्रति जिल्लावासीहरूले खुलेर प्रशंसा गर्दै आएका थिए।

सरुवाको विषयमा प्रतिक्रिया दिँदै सीडीओ लम्सालले आफ्नै गृह प्रदेशमा गएर सेवा गर्न चाहेकाले सोहीअनुसार सरुवा भएको बताउनुभयो। “दुई महिना नबित्दै सरुवा भएछ नि” भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “मेरो ठाउँमा काम गर्ने अझै ऊर्जाशील र युवाहरू आउनुहुन्छ नि।”

यसैबीच लम्सालको सरुवा भए पनि नवलपरासीमा नयाँ प्रमुख जिल्ला अधिकारी को आउने भन्ने विषयमा भने मन्त्रालयले अझै निर्णय गरिसकेको छैन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot