राष्ट्रिय दैनिक / नवलपरासी ,६ पुस नवलपरासी फोटोग्राफर संघको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार चिसापानीस्थित लण्डनब्रिज पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन्तोष श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन। कार्यक्रमको उद्घाटन सत्रमा दिवंगत सहिद तथा पल्पसा डिजिटलकी फोटोग्राफर मनिषा क्षेत्री लगायत दिवंगत फोटोग्राफरहरूप्रति मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। संघका वरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष प्रेम प्रसाद गौतम र कोषाध्यक्ष सुरज चालिसेले संस्थाको साङ्गठनिक एवं आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट उल्लेखनीय सहयोग पुर्याउने सदस्यहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरियो। विशेषगरी घले भिडियोग्राफीका प्रोप्राईटर चेत बहादुर घले, आशिर्वाद डिजिटलकी सरस्वती पौडेल र सदस्य लक्ष्मण न्यौपानेलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। चेतनारायण पाण्डेको संयोजकत्वमा लोकनाथ पौडेल र तारा बर्मा सदस्य रहेको निर्वाचन मण्डलले आगामी कार्यकालका लागि सन्तोष श्रेष्ठ अध्यक्षमा नयाँ नेतृत्व चयन गरिएको हाे। जसको उपाध्यक्षमा यज्ञमुर्ति भण्डारी (शिव) ,महासचिवमा सुरज चालिसे ,सचिवमा टेकराज भट्टराई र कोषाध्यक्षमा अनमोल आचार्य चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा आशिष गैरे, आलोक श्रेष्ठ, अकलेस जयसवाल, गोरख चौधरी, केदारनाथ कुशवाहा र जयप्रकाश नापित चयन हुनुभएको हाे। केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीराम कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले फोटोग्राफी पेशालाई मर्यादित र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमका विशिष्ट अतिथि एवं संघका संस्थापक अध्यक्ष चेत नारायण पाण्डेले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। त्यस्तै कपिलवस्तु फोटोग्राफर संघका उपाध्यक्ष कृष्ण पाण्डे र काठमाडौँ फोटोग्राफर संघका हरि ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्दै देशभरका फोटोग्राफरहरू बीचको व्यावसायिक एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो। निवर्तमान अध्यक्ष प्रेम प्रसाद गौतमले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।