अमेरिकामा व्यवसायिक जेट दुर्घटना: पूर्व नास्कार चालक ग्रेग बिफलसहित ७ जनाको मृत्यु

काठमाडौं ,४ पुस

अमेरिकाको नर्थ क्यारोलिनास्थित आइरेडेल काउन्टीमा एउटा व्यवसायिक जेट विमान दुर्घटनाग्रस्त हुँदा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफलसहित ७ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरी क्यारोलिनाको विमानस्थलबाट उडान भरेको केही समयपछि खराब मौसमका कारण फर्कने क्रममा विमान दुर्घटना भएको हो।

नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो। स्थानीय समयअनुसार बिहान करिब १०:१५ बजे विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै दुर्घटनामा परेको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा रनवेमा आगोले घेरिएको विमान देखिएको छ।

दुर्घटनामा ग्रेग बिफल, उनकी पत्नी क्रिस्टिना तथा दुई सन्तान राइडर र एम्माको मृत्यु भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन्। साथै विमानमा सवार थप तीन जनामध्ये डेनिस डटन, उनका छोरा ज्याक डटन र नास्कार समुदायका सक्रिय सदस्य क्रेग वाड्सवर्थको पनि ज्यान गएको परिवारको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाको अनुसन्धानका लागि टोली पठाइसकेको र शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक विवरण सार्वजनिक गर्ने जनाएको छ। परिवारले जारी गरेको विज्ञप्तिमा यो दुर्घटनाले परिवारमा अकल्पनीय र गहिरो पीडा दिएको उल्लेख गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot