रामग्राम–१५ सुक्रौलीमा फ्याक्ट्रीको फोहर पानीले मानव, पशु र माछामा असर

राष्ट्रिय दैनिक / नवलपरासी ,४ पुस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१५ सुक्रौलीमा रहेको सिद्धि विनायक फ्याक्ट्रीबाट निस्कने फोहर पानीका कारण स्थानीय बासिन्दा, पशुचौपाया तथा जलचर माछामा समेत गम्भीर असर परेको छ। स्थानीयका अनुसार फ्याक्ट्रीको खराब पानी नदी–नालामा मिसिँदा माछा मर्ने र घट्ने समस्या देखिन थालेको छ।

स्थानीय रामभवन यादवका अनुसार, “यसले मान्छे र पशुमा मात्र होइन, नदी–नालामा रहेका माछामा समेत क्षति पुगेको छ। हामी फ्याक्ट्री बन्दको माग गरेका होइनौँ, तर फोहर पानीको उचित प्रशोधन र व्यवस्थापन अनिवार्य हुनुपर्छ। यही पानीका कारण स्थानीयलाई छालाका समस्या देखिन थालेका छन्।”

फोहर पानीका कारण जलस्रोत प्रदूषित हुँदा माछा मर्नु, प्रजननमा असर पर्नु र स्थानीयको जीविकोपार्जनमा समेत नकारात्मक प्रभाव परेको बताइएको छ। उक्त पानी विभिन्न नदी–नालामा जोडिएकाले समस्या सुक्रौलीमा मात्र सीमित नरही अन्य क्षेत्रसम्म फैलिन सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सम्बन्धित निकाय र फ्याक्ट्री प्रशासनसँग तत्काल अनुगमन, प्रदूषण नियन्त्रण र फोहर पानी प्रशोधनको प्रभावकारी व्यवस्था गर्न माग गरेका छन्। समयमै समाधान नभए वातावरण र जनजीवनमा अझ ठूलो क्षति पुग्ने चेतावनी उनीहरूले दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot