वीरगन्ज, ४ पुस — पर्सा प्रहरीले तस्करीको आशंकामा ठूलो परिमाणको सुपारीसहित दुई वटा कन्टेनर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको सुपारीको बजार मूल्य करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीको टोलीले विशेष सूचनाको आधारमा वीरगन्ज भन्सार कार्यालयबाट बुधबार जाँचपास भई महोत्तरीतर्फ छुटेका ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरका दुई कन्टेनर वीरगन्ज महानगरपालिका–१६ स्थित एक गोदाममा भण्डारण गरिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। ती कन्टेनरबाट जम्मा १८ सय बोरा सुपारी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकका अनुसार भारतबाट आयात भई वीरगन्ज भन्सार कार्यालयमा सिलबन्दी जाँचपास भएर महोत्तरीका लागि छुटेका कन्टेनरहरू वीरगन्जकै एक गोदाममा अनलोड गरी तस्करी गर्ने उद्देश्यले भण्डारण गरिएको विशेष सूचनाका आधारमा कारबाही गरिएको हो। नियन्त्रणमा लिइएको सुपारीसहितका दुवै कन्टेनर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।