राजकुमार बानियाँ / पर्सा, ४ पुस पर्साको कालिकामाई गाउँपालिकामा आज IMNCI कार्यक्रमको वार्षिक समीक्षा तथा सेवा प्रदायक स्वास्थ्यकर्मीहरूको क्षमता पहिचान र कार्यसम्पादनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रमको मुख्य उद्देश्य गत आर्थिक वर्षमा IMNCI कार्यक्रम उपचार प्रोटोकलअनुसार सञ्चालन भएको छ कि छैन भन्ने मूल्याङ्कन गर्नु, कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गर्नु तथा ती समस्याको समाधानका उपायबारे आपसी छलफल गर्नु रहेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले जानकारी दिनुभयो। कार्यक्रममा डाक्टर तेजनाथ तिवारी, सन्तप्रसाद लगायतको उपस्थिति रहेको थियो। साथै, गाउँपालिकाभित्रका पाँचै वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख तथा सी.अहेबहरूको सक्रिय सहभागिता रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।