Rashtriya Dainik

धोबिनी गाउँपालिकामा शिक्षकहरूका लागि तीनदिने IEMIS तालिम सुरु

राजन कुमार बानिया /पर्सा, ३ पुस ।

पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ धोबिनीमा शिक्षकहरूका लागि IEMIS (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ ।

धोबिनी गाउँपालिकाको आयोजनामा श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबिनीमा सञ्चालन गरिएको तालिमको उद्घाटन वडा नं. ५ का वडा अध्यक्ष मनौवर मियाँले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान, श्री अजिज मियाँ माविका प्रधानाध्यापक जितेन्द्र राम, श्री कालिप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिओम पटेल, भिखमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मीलगायत प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

तालिममा IEMIS प्रणालीको प्रयोग, तथ्यांक प्रविष्टि र शैक्षिक सूचनाको व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षक जगमोहन रौनियारले प्रशिक्षण प्रदान गरिरहेका छन् । गाउँपालिकाभरिका विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न शिक्षकहरूलाई IEMIS सम्बन्धी तालिम दिइएको सहायक प्रशिक्षक गोविन्द पटेलले जानकारी दिएका छन् ।

गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहानका अनुसार तालिममा विद्यालयमा दिवा खाजा कार्यक्रम, विद्यालय सुधार योजना, समयमै परीक्षा सञ्चालन, नयाँ शिक्षण विधि तथा समग्र विद्यालय व्यवस्थापन सुधारका विषयहरूमा पनि अभिमुखीकरण गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त IEMIS तालिममा धोबिनी गाउँपालिकाभरिका १८ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ । तालिमले विद्यालयहरूको तथ्यांक व्यवस्थापनमा पारदर्शिता र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित