नवलपरासी – नवलपरासीको बर्दघाट–४ दिब्यनगरमा रहेको नवदिब्य ज्योति आधारभुत बिद्यालयले शैक्षिक शुल्क नतिरेको बहानामा बिद्यार्थीहरुलाई परिक्षाबाट बञ्चित गरेको छ । पूर्व प्राथमिक तह देखि कक्षा ६ सम्म कक्षा संचालन गरिरहेको बिद्यालयले बुधवार शैक्षिक शुल्क नतिरेको भन्दै करिब २५ जना बिद्यार्थीलाई दोस्रो त्रैमासिक परिक्षाबाट बञ्चित गरेको हो । परिक्षा दिनका लागि बिद्यालय पुगेका बालबालिकालाई बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले परिक्षाको प्रबेश पत्र नदिएर बाहिरै राखेपछि बिद्यार्थीहरुमा रुवावासी मच्चिएको थियो । बिपन्न परिवारका बालबालिका अध्ययन गर्ने यस बिद्यालयमा करिब १ सय १० बढी बिद्यार्थी पढ्दै आएका छन् । सरकारी बिद्यालयले प्रबेश पत्र नदिई बालबालिकालाई परिक्षाबाट बञ्चित गरेपछि बाल अधिकार हनन् भएको भन्दै अभिभावकहरुले प्रतिवाद गरेका थिए । बाल मैत्री नगरपालिका बनाउन बर्दघाट नगरपालिकाले धमाधम कार्यक्रम गरेका बेला पालिकाको केन्द्र रहेकै वडाको बिद्यालयको यो घटना बाहिरिएको हो । बिद्यालयकी अभिभावक सीता सोतीले आफूले दुई बजे भित्र शुल्क ल्याएर दिन्छु भनेर बिद्यालयमा आग्रह गर्दा समेत आफ्नो छोरीलाई परिक्षाबाट बञ्चित गरिएको बताइन् । बिद्यालयले आफ्ना साथीहरुलाई शुल्क नतिरेकै बाहनामा परिक्षा बाट बाहिर राखेको प्रति निकै दुःख लागेको परिक्षामा सहभागी बालबालिकाहरुले प्रतिक्रिया दिएका छन् । ‘समितिका मान्छे र शिक्षकहरु मिलेर साथीहरुलाई परिक्षाबाट बाहिरै राखेपछि दुःख लाग्यो’ – बिद्यालयमा अध्ययनरत एक बालिकाले भनिन् – ‘यस्तो गरेपछि परिक्षा दिएका हामी पनि सबै रोयौ ।’ बिद्यालयले सहयोग शुल्कका नाममा कक्षापिच्छे फरक फरक मासिक शुल्क लिदै आएको छ । यस बिषयमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेल र प्रधानाध्यापक गीता गैरेले बिद्यालयलाई आफूहरुले राम्रै गर्छु भन्दा यस्तो हुन गएको दावी गरेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।