राजन कुमार बानिया /पर्सा, ३ पुस । पर्साको बहुदरमाई नगरपालिका–५ भौराटाडमा तीनदिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा कुल ५ हजार ५ सय १४ जना आँखाका बिरामीहरूको जाँच गरिएको थियो । जाँचका क्रममा ४ सय ६३ जनामा मोतियाबिन्दको समस्या देखिएपछि ती बिरामीहरूको भौराटाडमै तीन दिन क्याम्पिङ गरेर शल्यक्रिया (अपरेशन) गरिएको आयोजकले जनाएको छ । शिविर तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोग, बहुदरमाई नगरपालिका वडा नं. ५ भौराटाड तथा जनमुखी युवा क्लब भौराटाडको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । तीन दिनसम्म चलेको शिविर सम्पन्न भएपछि आज आयोजित एक समारोहबीच तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका प्राविधिक तथा चिकित्सक टोलीलाई विदाइ गरिएको थियो । विदाइ कार्यक्रममा सहभागिता विदाइ कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष सुनिल महतो कोइरी प्रमुख अतिथिका रूपमा सहभागी थिए । साथै जनमुखी युवा क्लबका अध्यक्ष शिवशंकर साह, तिलगंगा आँखा प्रतिष्ठानका डाक्टर प्रशान्त, एलिना गौचन, हेमन्त झा, दिप्ती पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका सचिव रामप्रवेश मण्डलले स्वागत मन्तव्य राखेका थिए भने रामबाबु साह, सशस्त्र प्रहरी बल बागेश्वरी तित्रौनाका प्रमुख, तिलगंगाका प्रतिनिधि चिकित्सकहरू तथा विभिन्न समाजसेवी व्यक्तिहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन गरेका दुलारचन प्रसाद साहलाई उत्कृष्ट कार्यको कदर गर्दै प्रशंसा तथा सम्मानपत्र प्रदान गरिएको थियो । ६ पालिकामा स्क्रिनिङ, निशुल्क सेवा आयोजकका अनुसार तिलगंगा आँखा प्रतिष्ठान, वडा नं. ५ भौराटाड र जनमुखी युवा क्लबको संयुक्त टोलीले सखुवाप्रसौनी, जगरनाथपुर, धोबीनी, छिपहरमाई, पकहामैनपुर र बहुदरमाई गरी ६ वटा पालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । स्क्रिनिङपछि पहिचान गरिएका मोतियाबिन्दका बिरामीहरूलाई भौराटाडमा तीन दिन क्याम्पिङ गरेर शल्यक्रिया गरिएको थियो । साथै बिरामीहरूलाई औषधि, चस्मा लगायत आवश्यक सामग्रीहरू पनि निशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।