प्रतापपुर–७ मा सडक तथा सोलार बत्ती जडान/मर्मतका लागि ४ लाख बजेट विनियोजन

राष्ट्रिय दैनिक / नवलपरासी ,२ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सूर्यपुरामा सडक बत्ती जडान तथा सोलार बत्ती मर्मत कार्यका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वडा अध्यक्ष हरेन्द्र यादवको पहलमा सुरु हुने यस योजनाले वडा भित्रका विभिन्न गाउँ–टोलमा रात्रीकालीन आवतजावतलाई सुरक्षित र सहज बनाउने लक्ष्य राखेको छ।

यस कार्यक्रम अन्तर्गत वडा नं. ७ भित्र पर्ने जगतपुर सानो, जगतपुर ठुलो, ठाकुरापुर गोबरहिया, जगतपुर, सूर्यपुरा, रतनपुर, मेगही, टाँगीकोट, पर्सा झुलनीपुर, डिबनि र नौडिहा लगायतका बस्तीहरूमा रहेका बिग्रिएका सोलार बत्तीहरूको मर्मत तथा आवश्यक स्थानमा नयाँ सडक बत्ती जडान गरिनेछ।

वडा अध्यक्ष यादवले अँध्यारोका कारण हुने दुर्घटना र असुरक्षालाई न्यूनीकरण गर्न यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। स्थानीयवासीहरूले समेत यस पहलले गाउँको दैनकी जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot