माल्दिभ्स , पुस १ गते । माल्दिभ्सको सुदूर टापु तिनोदुमा बन्धकको अवस्थामा रहेकी नेपाली चेली सुशीला कुमारी चौधरीको उद्धारका लागि माल्दिभ्समा रहेको नेपाल हेल्पलाइनले पहल थालेको छ। माल्दिभ्समा रहेको नेपाल हेल्पलाइनका प्रतिनिधि सरोज सापकोटाका अनुसार अब सुशीलालाई सुरक्षित रूपमा माले हुदै नेपाल फर्काउन लागि माल्दिभ्सस्थित नेपाली दूतावाससँग समन्वय गरि काम भैरहेको हो । नेपाल हेल्पलाइनका प्रतिनिधि सरोज सापकोटाले दिएको जानकारीअनुसार, सुशीला माल्दिभ्समा डिसेम्बर २, २०२५ मा आइपुगेकी थिइन् र माले हुँदै तिनोदु टापु पुगेकी थिइन्। उनले काम गर्न थालेको तीन-चार दिनपछि, रातको समयमा पाँच-छ जना मान्छेहरूको समूह पसलमा आयो र उनलाई पसलको लाइट अनि क्यामेरा बन्द गर्न भन्यो। सुशीलाले उनीहरूलाई “साहुको अनुमति बिना यहाँ यस्तो गर्न पाइँदैन” भन्दै अडान लिइन्। तर उनीहरूले उनको कुरा सुनेनन्, जसले गर्दा सुशीला असाध्यै डराइन् र त्यहाँबाट भागेर आफूलाई सुरक्षित गरिन्। पछि, साहुले सुशीलालाई भेटेर उल्टै किन उनीहरूसँग सहयोग नगरेको भन्दै धम्क्याए। साहुको यो व्यवहारपछि नै सुशीलाले आफू गलत र असुरक्षित ठाउँमा आएको महसुस गरिन् र तत्काल नेपाल फर्किने निर्णय गरिन्। सुशीलाको साहुले सुशीलालाई मालेबाट तिनोदु टापुसम्म हवाईजहाजमा लगेको पैसा फिर्ता गर्नुपर्ने बताएका थिए। त्यसपछि माल्दिभ्समा रहेको नेपाल हेल्पलाइनले कम्पनीको खातामा २९५२ र तिनोदु टापुबाट एयरपोर्ट टापुसम्म पुग्नका लागि ३०० थपेर कुल ३२५२ मालदिभ्स रुपीया जम्मा गरियो।” यो पैसा उनले प्राप्त गरेपछि, कम्पनीका साहुले मेडिकलमा लागेको खर्च र अन्य धेरै खर्चहरू सुशीलाले नै तिर्नुपर्ने र त्यो पैसा अहिले नै चाहिने दाबी गरे। त्यसपछि, नेपाल हेल्पलाइनका प्रतिनिधि सापकोटाले यो गलत हो भन्दै यस्तो नगर्न धेरै आग्रह गर्नुभयो, तर साहुले मानेनन्। अनि, सापकोटाले प्रहरीमा जाने कुरा बताउनुभयो, तब कम्पनी साहुले प्रहरीहरू उनको घरमा खाना खान आउने भएकाले उनी प्रहरीसँग नडराउने कुरा बताए।” त्यसपछि, प्रहरीमा गएर सबै कुरा विस्तृत रूपमा बताएपछि उनीहरू (प्रहरी/प्रशासन) टापुबाट मालेसम्मको र केही दिनमा काठमाडौँसम्मको टिकट उपलब्ध गराउने सहमतिमा पुगे। त्यसपछि नेपाल हेल्पलाइनकी अध्यक्ष आसिया मोहम्मद र नेपाल हेल्पलाइनका प्रतिनिधि सापकोटा फर्किनुभयो।” फेरि एक घण्टापछि एक महिलाको फोन आयो। उनले भनिन्, ‘हामी मालेसम्मको टिकट दिन्छौँ, यदि तिमीहरूले एक घण्टाभित्रमा काठमाडौँको टिकट उपलब्ध गराइदियौ भने। त्यसपछि नेपाल हेल्पलाइनले मालेबाट काठमाडौँको टिकट उपलब्ध गराइदिनुभयो। उनीहरूले (कम्पनी साहु) टिकट पाएपछि सुशीलालाई टापुबाट मालेसम्मको टिकट तिमीले नै गर्नुपर्ने भन्दै पूरा दबाब दिन थाले।” नेपाल हेल्पलाइनकी अध्यक्ष आसिया मोहम्मदले फोन गर्दा एक-एक घण्टा भन्दै रात बित्यो, तर प्रहरीको सकारात्मक प्रतिक्रिया आएन। त्यसपछि नेपाल हेल्पलाइनले काटेको टिकट त्यत्तिकै खेरा गयो।” अबको कदम: कानूनी प्रक्रिया वा अन्तर्राष्ट्रिय पहल नेपाल हेल्पलाइनका अध्यक्ष आसिया मोहम्मद र प्रतिनिधि सापकोटाले अब माल्दिभ्सको कानूनी प्रक्रियामा अगाडि बढ्ने वा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय श्रम संस्थाहरूसँग समन्वय गरेर सुशीलाको उद्धार का लागि पहल गरिएको छ। नेपाल हेल्पलाइनकाको : आग्रह नेपाल हेल्पलाइनका प्रतिनिधि सापकोटाको पुन: आग्रह: “हामी फेरि एक पटक नेपाली समुदाय सबैलाई सचेत गराउन चाहन्छौँ। मालेको राजधानीमा आउनुहोस्, तर कुनै पनि अवस्थामा सुदूर टापुहरूमा रोजगारीका लागि नआउनुहोला। त्यहाँको वातावरण नेपाली श्रमिकका लागि अत्यन्त असुरक्षित छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।