बिनोद निगम / नवलपरासी , १ पुष पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ फेनरहवास्थित गगन पाउरोटी उद्योगमा सोमबार अपराह्न ५ बजेको समयमा अवैध रूपमा चिनी तथा मैदा लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको छ। बि.ओ.पि. गुठिप्रसौनीबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा २५ जना सशस्त्र प्रहरी (गणको टोली सहित) र महेशपुर भन्सार कार्यालयका भन्सार प्रमुख विकास उपाध्यायको संयुक्त टोलीले उद्योग परिसरमा खानतलासी गर्दा ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो। खानतलासीका क्रममा अन्दाजी मूल्य रु. १ लाख ५१ हजार ५ सय बराबरको चिनी ९ सय केजी (१८ बोरा), मैदा १ हजार ९ सय केजी (३८ बोरा), बनस्पति घ्यू १ पेटी र नुन २ बोरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा का सूचना अधिकारी तथा डीएसपी गोविन्द बहादुर केसीले जानकारी दिए। बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।