जय अम्बे प्लाई फ्याक्ट्रीबाट १८१ बोरा अवैध युरिया मल बरामद

कपिलवस्तु, मंसिर २९ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाई फ्याक्ट्रीबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा अवैध युरिया मल बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी बल कृष्णानगरको टोलीले फ्याक्ट्रीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १८१ बोरा युरिया मल बरामद गरेको हो ।

एकातर्फ किसानहरू समयमा मल नपाएर समस्यामा परिरहेका बेला अर्कातर्फ प्लाई फ्याक्ट्रीहरूले तस्कर प्रयोग गरी भारतीय युरिया मल मगाउने गरेको तथ्य यस घटनाले उजागर गरेको छ । भारतीय युरिया मल कपिलवस्तुका कुकुरभुकवा, डुमाई, भिल्मी, कुशहवा लगायत सीमावर्ती क्षेत्र हुँदै तस्करी भएर आउने र फ्याक्ट्रीहरूले महँगो मूल्यमा खरिद गरी ग्लूको रूपमा प्रयोग गर्दै आएको बताइएको छ ।

यत्रो मात्रामा युरिया मल बरामद भएपछि स्थानीय किसानहरूले सम्बन्धित प्लाई फ्याक्ट्री बन्द गर्नुपर्ने माग गर्दै आक्रोश व्यक्त गरेका छन् ।

बरामद गरिएको युरिया मल आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot