काठमाडौं ,२९ मंसिर । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । समायोजित मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १६३ रुपैयाँ र डिजल/मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।