पर्सा, २८ मंसिर आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. ४ मा नयाँ पुस्ताको नेतृत्वप्रति जनआकर्षण तीव्र गतिमा बढिरहेको छ। यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट सामाजिक सेवामा सक्रिय युवा नेता टेकबहादुर शाक्य यस क्षेत्रकै सबैभन्दा उर्जाशील, व्यवहारिक र आशालाग्दो नेतृत्वका रूपमा उदाउँदै गएका छन्। परम्परागत राजनीतिक शैलीप्रति जनअसन्तोष बढिरहेका बेला पर्सा–४ का मतदाताले अब परिणाममुखी र जवाफदेही नेतृत्व खोज्न थालेका छन्। यही अपेक्षालाई सम्बोधन गर्दै शाक्य पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल, भेटघाट र जनसंवादमा सक्रिय देखिएका छन्। स्थानीयवासीसँगको निरन्तर संवादमा अबको वैकल्पिक शक्ति शाक्य नै हुनुपर्ने आवाज बलियो बन्दै गएको छ। जनसंवादका क्रममा शाक्यले आफू सधैं समाजसँगै रहेको र समाजको समग्र विकासलाई नै आफ्नो मुख्य लक्ष्य बनाएको स्पष्ट पार्दै आएका छन्। चुनावमा साथ पाए पर्सा–४ को विकासका लागि योजनाबद्ध र मिहिनेतपूर्वक काम गर्ने प्रतिबद्धता उनले सार्वजनिक रूपमै व्यक्त गरेका छन्। समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनका गतिविधिले गाउँ–बस्तीदेखि बजारसम्म ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाइदिएको छ। उनी दैनिक रूपमा चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर स्थानीयवासीका समस्या सुन्ने, बुझ्ने र सम्भावित समाधानका उपाय प्रस्तुत गर्दै आएका छन्। शाक्यका अनुसार अबको राजनीति नाराभन्दा योजनामा, भाषणभन्दा व्यवहारमा र प्रतिस्पर्धाभन्दा परिणाममा आधारित हुनुपर्छ। ठोरी, जिराभवानी, जानकीटोला, भिस्वा लगायतका बजारलाई व्यवस्थित तथा आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने तथा धार्मिक स्थलको प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डा उनका प्रमुख प्राथमिकतामा छन्। देशभर जेन्जि पुस्ताको नेतृत्वको माग चर्किंदै गएको सन्दर्भमा पर्सामा पनि नयाँ सोच र नयाँ नेतृत्वप्रतिको चाहना बढेको छ। यही वातावरणमा शाक्यको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप उकासिएको छ। धोबिनी गाउँपालिका–३ हरिहरपुरका युवा नेता दिपेन्द्र पटेल भन्छन्, “चुनावको बेला मात्र देखिने नेताको जमाना सकियो। समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व शाक्यमै देखिन्छ।” शाक्यले विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निर्वाचित भए पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै अब जिम्मेवार, पारदर्शी र परिणाममुखी नेतृत्व अनिवार्य भएको बताउँदै आएका छन्। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टीको नजिकियताबाट होइन, नागरिकका समस्या समाधान गर्ने क्षमताबाट हुनुपर्छ। धर्म–संस्कृति, सामाजिक सद्भाव, मेलमिलाप र सहकार्यलाई सुदृढ बनाउने शाक्यको दृष्टिकोणले स्थानीयस्तरमा उनको छवि अझ मजबुत बनाएको छ। समुदायलाई साझा मुद्दामा एकताबद्ध गर्दै अघि बढ्न सक्ने नेतृत्व गुण शाक्यमै देखिएको बुद्धिजीवी, व्यवसायी र युवाहरूको बुझाइ छ। निरन्तर जनतामाझ रहेर उनीहरूको भावना र आवश्यकता बुझ्दै आएको कारण टेकबहादुर शाक्य अहिले पर्सा–४ मात्र होइन, समग्र पर्सा जिल्लाका युवा पुस्ताका लागि ‘सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित उम्मेदवार’ का रूपमा हेरिन थालेका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।