आरपि उपाध्याय / त्रिवेणी ,२७ मंसिर पुर्वी नवलपरासीको त्रिवेणी धाममा त्रिवेणी वन्यजन्तु संरक्षण र धार्मिक पर्यटन सम्वर्द्वनका लागि गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। त्रिवेणी युवा परिवार संस्थाको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराको प्रवर्द्धनमा हुने फुटबल प्रतियोगिता पौष महिनाको १० गतेदेखि सञ्चालन हुने भएको हो। विनयी त्रिवेणी ६ को त्रिवेणीमा आयोजना भएको एक सर्वपक्षीय भेलाले फुटबल प्रतियोगिता हुन लागेको त्रिवेणी युवा समाज संस्थाका अध्यक्ष अमर थापा क्षेत्रीले जानकारी दिनुभएको छ। खेलकुद प्रतियोगिता आउदो पौष १० गतेदेखि पौष २६ गतेसम्म नारायणी गण्डकी मा.वि. त्रिवेणीको खेल मैदानमा हुने समेत बैठकमा बताइएको छ। मङ्सिर २७ गते त्रिवेणीमा बसेको सर्वपक्षीय भेलाले खेल सञ्चालन गर्न विभिन्न उपसमिति पनि गठन गरेको जानकारीमा आएको छ। भेलाले खेल सञ्चालन आयोजक उपसमितिको संयोजकमा पवन गुरुङको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो। अन्य उपसमितिहरुमा स्वास्थ्य उपसमिति र सल्लाहकार उपसमिति पनि गठन भएको छ। सल्लाहकार उपसमितिमा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,पत्रकार तथा फुटबल खेल संग सम्बन्धित जानकार व्यक्तिहरुको पनि समितिमा समावेश गरिएको हो। खेललाई अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्न गण्डकी प्रदेश खेलकुद विकास समिति संग आवश्यक समन्वय गरि अगाडि बढने पनि आयोजकले बताएको छ। गण्डकी प्रदेश खेलकुद परिषदको प्रवर्द्धनमा हुने खेलकुद प्रतियोगिता त्रिवेणी क्षेत्रमा पहिलोपटक हुन लागेकोमा हामी सबैले यो टुर्नामेन्टलाई भव्य र पहिचान सहितको प्रतियोगिता बनाउनु सबैको परम कर्तव्य रहेको अध्यक्ष अमर क्षेत्रीले जानकारी दिनुभयो। त्रिवेणीमा हालै सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्रीधर शर्माले गोल्ड कप फुटबल प्रतियोगिता गराउन गर्नु भएको प्रतिबद्धता बमोजिम त्रिवेणी धाममा त्रिवेणी वन्यजन्तु संरक्षण र पर्यटन सम्वर्द्वनको लागि गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको पनि जानकारीमा आएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।