कपिलवस्तु , मंशीर २७ नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ३ का पुर्व सांसद अभिषेक प्रताप शाहले जनताकाे विश्वास जीत्ने प्रयास निरन्तर जनताकाबीच खटेर गरिरहेकाे बताउनुभएकाे छ । छाेराे नमामी शाहकाे जन्मदिवसकाे उपलब्ध शुभचिन्तकसंगकाे भलाकुसारीमा नेता शाहले नेपाली क्षेत्रीय समिति र जिल्ला समितिले सिफारिस नगरेपनि जनताकाे विश्वास म माथि नै रहेकाे बताउनुभयो । नेता शाहले २०७९ काे प्रतिनिधि सभा निर्वाचन हारेपनि म निरन्तर जनताकाे विश्वास जीत्ने प्रयास जारी राखेकाे बताए । अन्य नेताहरु निर्वाचनमा मात्रै देखिन्छन तर म सांसद हुंदा र नहुंदा पनि आफ्नै गाउंठाउं र क्षेत्रका समस्या समाधानतिर बढी केन्द्रित रहंदै आएकाे सर्वविद्धतै छ । नेपाली कांग्रेसकाे एउटा गुट छ जुन प्रभावशाली उम्मेदवारलाई पाखा लगाएर आफ्नाे वर्चस्व बनाउन खाेज्ने प्रयास गर्दै आएकाे छ तर पार्टीहित विपरित बदनियतले जनभावना अनुरुप निर्णय गर्न नसकेकाले राजनीतिक स्तरमा अस्तित्व धमिलो हुँदै गएकाे छ। उनले नेपाली कांग्रेस देशकाे पुरानाे र सबभन्दा ठुलाे लाेकतान्त्रिक पार्टी रहेकाेले हैकमबाजीबाट चलाउन नपाउने जिकिर गर्नुभयाे । समर्थकहरुकाे जिज्ञाशामा उनले आफू कुनै दलमा नजाने स्पष्ट पार्नुभयाे । यस्ता झिनामसिना कुराले विचलित हुने नेता नरहेकाेले निर्वाचनकाे लागि सबैकाे साथ सहयाेगमा अगाडि बढीसकेकाे समेत नेता शाहले बताउनुभयो ।उनले यसपाली सबैले सहयाेग हुन अनुराेधसमेत गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।